Logo

२०८३, कार्तिक २१ गते शुक्रवार

२०८३, कार्तिक २१ गते शुक्रवार

कतार विश्वकपमा बेल्जियमको स्थान पक्का 

कतार विश्वकपमा बेल्जियमको स्थान पक्का 

  • कार्तिक २८, २०७८ आइतवार ०७:४८ बजे
  • 619
    SHARES
  • कतार विश्वकपमा बेल्जियमको स्थान पक्का 

    काठमाडौं । बेल्जियमले अर्को वर्ष कतारमा आयोजना हुने फिफा विश्वकप कतार २०२२ मा स्थान सुरक्षित गरेको छ । घरेलु मैदानमा बेल्जियमले इस्टोनियालाई ३–१ ले पराजित गर्दै छनोटमा एक खेल बाँकी रहँदै विश्वकपमा छानिएको हो । योसँगै बेल्जियम विश्वकपमा छनोट हुने पाँचौ टोली बनेको छ । यसअघि जर्मनी, डेनमार्क, ब्राजिल र विश्वविजेता फ्रान्सले विश्वकपमा स्थान बनाइसकेको छ । आयोजकको नातामा कतार पनि छनोट भइसकेको छ ।

    ब्रसेल्समा शनिबार राति भएको खेलमा घरेलु टोलीको जितमा क्रिस्टियन बेन्टेके, यान्निक कारास्को र थोर्गान हाजार्डले गोल गरे । इरिक सोरगाले एक गोल फर्काए । खेलको ११औं मिनेटमा क्रिस्टियन बेन्टेकेले गोल गर्दै घरेलु टोलीलाई अग्रता दिलाए । ५३औं मिनेटमा यान्निकले गोल गर्दै बेल्जियमको अग्रता दोब्बर पारे ।

    ७०औं मिनेटमा इरिक सोरगाले गोल गर्दै खेललाई २–१ को अवस्थामा ल्याएपनि ७४औं मिनेटमा थोर्गान हाजार्डले गोल गर्दै बेल्जियमको जित पक्का गरे । यो जितपछि अपराजित रहेको बेल्जियम समूह  ‘ईं’ मा ७ खेलबाट १९ अंक जोडेको छ । पराजित इस्टोनिया ४ अंक जोडेर चौथो स्थानमा रहेको छ ।

    यही समूहको अर्को खेलमा बेलारुसलाई ५–१ को भारी अन्तरले पराजित गरेपनि बेल्जियमले पनि जित निकालेका कारण वेल्सको विश्वकपमा सोझै छनोट हुने सम्भावना सकिएको छ । अब छनोटको अन्तिम खेलमा जित निकालेपनि वेल्सलाई विश्वकपमा छनोट हुन पर्याप्त हुनेछैन ।

    छनोटको अन्तिम खेलमा वेल्सले बेल्जियमसँग खेल्दैछ । जित र बराबरीको नतिजाले वेल्स प्ले अफमा पुग्नेछ । पराजित भए चेक रिपब्लिकले आफ्नो खेलमा जित निकालेको अवस्थामा गोल अन्तर र हेड टु हेडमा भर पर्नेछ ।

     जितपछि वेल्सको ७ खेलबाट १४ अंक पुगेको छ । बेलारुस ३ अंक जोडेर पुछारमा छ । चेक रिपब्लिकको ११ अंक छ ।

    Copyright © All right reserved to webtvkhabar.com Site By: Sobij