वेबटिभी खबर
काठमाडौं । पछिल्लो २४ घण्टामा जम्मा १२ हजार ४०२ नमुना परीक्षण गर्दा ४१६ जनामा कोरोना भाइरस संक्रमण पुष्टि भएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयकाअुसार ७ हजार ५५४ पीसीआर परीक्षण गर्दा ३६७ जनामा र ४ हजार ८४८ एन्टीजेन परीक्षण गर्दा ४९ जनामा कोभिड-१९ पुष्टि भएको हो । यस अवधिमा २७० जना भाइरस संक्रमणमुक्त भएका छन् भने संक्रमणको कारणले १ जनाको निधन भएको छ । त्यसैगरि ७४ हजार ४५२ जनाले कोरोनाविरुद्धको खोप लगाएका छन् ।
हाल देशभर सक्रिय संक्रमितको संख्या ७ हजार ३११ रहेको छ । सक्रिय संंक्रमितमध्ये ६ हजार ७७९ जना होम आइसोलेसनमा र ५३२ जना सस्ंथागत आइसोलेसनमा रहेका छन् । संस्थागत आइसोलेसनमा रहेकामध्ये २२५ जना आइसियूमा र ६६ भेन्टिलेटरमा उपचारत छन् ।
हालसम्म नेपालमा ९ लाख १२ हजार ४६९ जनामा कोरोना भाइरस संक्रमण पुष्टि भएको छ । जसमध्ये ७ लाख ९८ हजार ५४४ जना भाइरसलाई परास्त गर्न सफल भएका छन् । नेपालमा महामारी सुरुवात भएयता संक्रमणको कारणले ११ हजार ४७८ जनाको निधन भएको छ ।
Copyright © All right reserved to webtvkhabar.com Site By: Sobij