Logo

२०८३, मंसिर १ गते सोमवार

२०८३, मंसिर १ गते सोमवार

इसीडी शिक्षक र विद्यालय कर्मचारीलाई तोकिएको पारिश्रमिक नदिएर दरिद्रता देखाउँदै स्थानीय तह 

इसीडी शिक्षक र विद्यालय कर्मचारीलाई तोकिएको पारिश्रमिक नदिएर दरिद्रता देखाउँदै स्थानीय तह 

  • 1.6K
    SHARES
  • इसीडी शिक्षक र विद्यालय कर्मचारीलाई तोकिएको पारिश्रमिक नदिएर दरिद्रता देखाउँदै स्थानीय तह 

    काठमाडौं । प्रारम्भिक बालविकास सहजकर्ता (इसीडी शिक्षक) र विद्यालय कर्मचारी मासिक पारिश्रमिक (तलब) नपाएपछि डेढ वर्षदेखि आन्दोलित छन् ।

    विद्यालय कर्मचारी र इसीडी शिक्षकको पारिश्रमिक निकासा सम्बन्धि आर्थिक वर्ष २०७८/७९ को बुँदा नं.२१६ मा व्यवस्था भएअनुसार सात हजार रूपैयाँ स्थानीय तहले निकासा दिनुपर्ने स्पष्ट व्यवस्था हुँदाहुँदै हालसम्म निकासा नपाएको हुँदा उनीहरू आन्दोलनमा उत्रिएका हुन् ।

    स्थानीय तहअनुसार इसीडी शिक्षक र विद्यालय कर्मचारीले फरक-फरक स्केलमा पारिश्रमिक पाएका छन् । तर,सरकारले तोकेको न्युनतम पारिश्रमिक १५ हजार नै भने होइन ।

    बागलुङको ताराखोला गाउँपालिकाले इसीडी शिक्षकलाई मासिक न्युनतम पारिश्रमिक १५ हजार दिएको छ भने विद्यालय कर्मचारीलाई १० हजार मात्रै दिएको छ । तेह्रथुमको मेन्छयायेम गाउँपालिकाले १२ हजार दिएको छ ।

    सिन्धुलीको गोलन्जोर गाउँपालिकाले १३ हजार पाँच सय रूपैयाँ दिएको छ । पाँचथरको फिदिम नगरपालिकाले ६ हजार मात्रै पारिश्रमिक दिएको छ । यो पारिश्रमिक सरकारले तोकेकोभन्दा निकै कम हो ।

    मोरङको जहदा गाउँपालिकाले पनि ६ हजार पारिश्रमिक दिएको छ । नुवाकोटको नुवाकोटको तारकेश्वोर गाउँपालिकाले विद्यालय कर्मचारीलाई १५ हजा र इसीडी शिक्षकलाई १० हजार दिएको छ ।

    लमजुङको मध्यनेपाल नगरपालिकाले मासिक नौ हजार रूपैयाँ पारिश्रमिक दिएको छ । यी  स्थानीय तह प्रतिनिधि उदाहरण हुन् । तोकिएको पारिश्रमिक नदिएर दरिद्री देखाउने स्थानीय तह धेरै छन् । तोकिएको पारिश्रमिक नपाउँदा इसीडी शिक्षक र विद्यालय कर्मचारी निराश छन् ।

    उनीहरूका समस्या शिक्षामन्त्री देवेन्द्र पौडेलसम्मले सुने पनि समस्या समाधानका लागि ठोस पहल भएको छैन । इसीडी शिक्षक र विद्यालय कर्मचारीको तलब समस्याका विषयमा गाउँपालिका, नगरपालिका महासंघहरू मौन छन् । 

    इसीडी शिक्षक र विद्यालय कर्मचारीको तलबका विषयमा शिक्षा मन्त्रालयले स्थानीय सरकारसँग छलफल गर्ने  इसीडी शिक्षक र विद्यालय कर्मचारीको तलबका विषयमा शिक्षा मन्त्रालयले स्थानीय सरकारसँग छलफल गर्ने 

    [फलाेअप]  इसीडी शिक्षक र कर्मचारीको समस्या समाधान गर्न शिक्षा मन्त्रालयले बोलाएको बैठकमा जनप्रतिनिधि गएनन् [फलाेअप] इसीडी शिक्षक र कर्मचारीको समस्या समाधान गर्न शिक्षा मन्त्रालयले बोलाएको बैठकमा जनप्रतिनिधि गएनन्

     

    Copyright © All right reserved to webtvkhabar.com Site By: Sobij