वेबटिभी खबर
काठमाडौं । नेपाल शिक्षक महासंघले प्रारम्भिक बालविकास सहजकर्ता (इसीडी शिक्षक) र विद्यालय कर्मचारी (परिचर र लेखापाल) को मासिक पारिश्रमिक समस्याबारे शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालयसँग वार्ता गर्ने भएको छ ।
आइतबार वेबटिभी खरबको जिज्ञासामा शिक्षक महासंघका महासचिव लक्ष्मी किशोर सुवेदीले इसीडी शिक्षक र विद्यालय कर्मचारीलाई अनिवार्य रूपमा स्थानीय तहले पारिश्रमिक उपलब्ध गराउनुपर्ने जानकारी दिए । उनले यस विषयमा शिक्षा मन्त्रालयसँग महासंघले वार्ता गर्ने पनि बताए ।
‘इसीडी शिक्षक र विद्यालय कर्मचारीका न्युनतम पारिश्रमिक समस्याका विषयमा हामी शिक्षा मन्त्रालयसँग वार्ता गर्दैछौं,’ महासचिव सुवेदीले वेबटिभी खबरसँग भने, ‘वार्ताका लागि आन्तरिक तयारी गरिरहेका छौं ।’
उनकाे भनाइमा इसीडी शिक्षकलाई केन्द्रले दिएको आठ हजार रूपैयाँमा स्थानीय तहले सात हजार थप गरी १५ हजार पुर्याउनुपर्छ । लेखापाललाई केन्द्रले दिएको १३ हजार पाँच सयमा स्थानीय तहले सात हजार रूपैयाँ थप गरेर २० हजार पाँच सय दिनुपर्छ । कार्यालय सहयोगी (परिचर) ले दुई हजार पाँचसय देखि सात हजार पाँच सय मासिक पारिश्रमिक पाइरहेका छन् । उहाँहरूको पारिश्रमिक पनि मासिक १५ हजार पुर्याउनुपर्छ ।
पारिश्रमिक निकासा सम्बन्धि आर्थिक वर्ष २०७८/७९ को बुँदा नं.२१६ मा व्यवस्था भएअनुसार सात हजार रूपैयाँ स्थानीय तहले निकासा दिनुपर्ने स्पष्ट व्यवस्था हुँदाहुँदै हालसम्म निकासा नपाएको हुँदा लामो समयदेखि इसीडी शिक्षक र विद्यालय कर्मचारी आन्दोलनमा छन् ।
विद्यालय कर्मचारीको न्युनतम पारिश्रमिकबारे शिक्षा मन्त्रालयको ध्यानाकर्षण [पत्रसहित]
इसीडी शिक्षक र विद्यालय कर्मचारीलाई तोकिएको पारिश्रमिक नदिएर दरिद्रता देखाउँदै स्थानीय तह
'इसीडी शिक्षकको पुरै तलब संघीय सरकारले पठाउनुपर्छ'
Copyright © All right reserved to webtvkhabar.com Site By: Sobij