वेबटिभी खबर
काठमाडौं । शिक्षक सेवा आयोगले माध्यमिक तहको १ हजार ५ सय ४४ शिक्षकको नयाँ पदपूर्तिको लागि खुला विज्ञापन गरेको छ ।
आयोगकाअनुसार पुस १ गतेदेखि २९ गतेसम्म नियमित शुल्कमा र माघ ६ गतेसम्म अबिलम्ब शुल्कमा परीक्षा आवेदन फाराम भर्नुपर्ने छ ।
चैत्र १५ परीक्षा सञ्चालन हुनेछ । परीक्षा आवेदन फारम अनलाइनबाट भर्ने व्यवस्था गरिएको छ ।
सोमबार शिक्ष, विज्ञान तथा प्रविधिमन्त्री देवेन्द्र पौडेलले तत्काल विज्ञापन खोल्न आयोगलाई निर्देशन दिएका थिए ।
सरकारले माग्यो १५४७ मावि शिक्षक, चैतमा परीक्षा (विज्ञापनसहित)
Copyright © All right reserved to webtvkhabar.com Site By: Sobij