Logo

२०८३, आश्विन ४ गते आइतवार

२०८३, आश्विन ४ गते आइतवार

निमावि र प्रावि तहको विज्ञापन खुलाउन प्राविधिक तयारी गर्दै शिक्षक सेवा आयोग 

निमावि र प्रावि तहको विज्ञापन खुलाउन प्राविधिक तयारी गर्दै शिक्षक सेवा आयोग 

  • 3.9K
    SHARES
  • निमावि र प्रावि तहको विज्ञापन खुलाउन प्राविधिक तयारी गर्दै शिक्षक सेवा आयोग 

    काठमाडौं । शिक्षक सेवा आयोगले सामुदायिक विद्यालयका लागि १७ हजार २ सय ३२ स्थायी शिक्षक नियुक्ति गर्ने प्रक्रिया बढाएको छ । आयोगले बुधबार माध्यमिक तहमा १ हजार ५ सय ४७ जना शिक्षक लिन विज्ञापन प्रकाशित गरेको थियो ।

    आयोगले निमावि र प्रावि तहको विज्ञापन पनि खुलाउँदै छ । आयोग स्रोतले बिहीबार वेबटिभी खबरलाई दिएको जानकारीअनुसार कम्तिमा एक हप्ताभित्र विज्ञापन खुलाइने । ‘एक हप्ताभित्र विज्ञापन खुलाउने गरी हामी प्राविधिक तयारीमा छौं,’ आयागका एक अधिकारीले वेबटिभी खबरसँग भने । 

    यो समाचार तयार पारिरहँदा शिक्षक सेवा आयोकका सूचना अधिकारी सुदर्शन मरहठ्ठासहित पदाधिकारीहरू निमावि र प्रावि तहको विज्ञापन खुलाउने विषयमा छलफल गरिरहेका थिए ।

    आयोगका अध्यक्ष मधुप्रसाद रेग्मीले पहिलो पटक अनलाइनबाट दरखास्त दिन सकिने व्यवस्था गरिएको बताए । यसअघि साविकको जिल्ला शिक्षा कार्यालयमा आवेदन लिइन्थ्यो ।

    आयोगले नियमावली संशोधन गरेर सामान्य परीक्षा पास गरे मात्र विषयगत परीक्षामा सहभागी हुने व्यवस्था राखेको छ । यसअघि एक सय पूर्णाङ्कको मात्र लिखित परीक्षा हुन्थ्यो ।

    २ अंक भारका ५० वटा प्रश्नको सामान्य परीक्षामा कम्तीमा ५० अंक ल्याउने प्रतिस्पर्धीले मात्र विषयगत परीक्षामा सहभागी हुन पाउने व्यवस्था गरिएको छ । सामान्य परीक्षाको प्राप्ताङ्कको ५० प्रतिशत अंक विषयगतमा जोडेर लिखित परीक्षाको नतिजा प्रकाशन गरिनेछ । त्यसमा सफल हुने मात्र अन्तर्वार्तामा सहभागी हुन पाउँछन् । 

    माध्यमिक तहको परीक्षा चैत १५ मा सुरु हुन्छ । आगामी असोज र कात्तिकसम्म शिक्षक नियुक्तिका लागि सिफारिस गरिसक्ने लक्ष्य लिइएको छ ।अनिवार्य र स्वैच्छिक अवकाशका कारण हरेक वर्ष शिक्षक दरबन्दी रिक्त हुने गर्छ । यसअघि २०७४/७५ मा विज्ञापन खुलेको थियो ।

    Copyright © All right reserved to webtvkhabar.com Site By: Sobij