Logo

२०८३, कार्तिक १९ गते बुधवार

२०८३, कार्तिक १९ गते बुधवार

कोरियामा ११ दिनसम्म हाँस्न प्रतिबन्ध

कोरियामा ११ दिनसम्म हाँस्न प्रतिबन्ध

  • 1.1K
    SHARES
  • कोरियामा ११ दिनसम्म हाँस्न प्रतिबन्ध

    उत्तर कोरिया । अनौठा नियमका कारण चर्चामा रहने उत्तर कोरियामा अहिले फेरि सरकारले हाँस्न पनि रोक लगाएको छ ।

    हाँस्न, मदिरा खान र किराना पसलमा किनमेल गर्नसमेत सरकारले रोक लगाएको हो ।

    तर,यो रोक ११ दिनका लागि मात्र हो । उत्तर कोरियाका पूर्वनेता किम जोङ इलको १०औं वार्षिक तिथि मनाइरहेकाले यस्तो आदेश सरकारले जारी गरेको छ ।

    इलको १०औं वार्षिकी भएकाले यो वर्ष ११ दिनसम्म शोक मनाउने सरकारले निर्णय गरेको छ । हरेक वर्ष १० दिन शोक मनाउने गरिए पनि यो वर्ष भने ११ दिन मनाउन थालिएको हो ।

    उत्तर कोरियाका शासक किमले पुरै देशमा ११ दिनसम्म हाँस्नसमेत प्रतिबन्ध लगाएका हुन् । योसँगै मदिरा सेवन र कुनै पनि उत्सव मनाउन नपाउने गरी रोक लगाइएको हो ।

    यो आदेशसँगै जन्मोत्सव पनि मनाउन पाइँदैन ।

    Copyright © All right reserved to webtvkhabar.com Site By: Sobij