Logo

२०८३, कार्तिक २९ गते शनिवार

२०८३, कार्तिक २९ गते शनिवार

परीक्षा बोर्डका नवनियुक्त अध्यक्ष  शर्माले गरे पदबहाली 

परीक्षा बोर्डका नवनियुक्त अध्यक्ष  शर्माले गरे पदबहाली 

  • पौष १२, २०७८ सोमवार २०:२२ बजे
  • 551
    SHARES
  • परीक्षा बोर्डका नवनियुक्त अध्यक्ष  शर्माले गरे पदबहाली 

    काठमाडौं । राष्ट्रिय परीक्षा बोर्डका नवनियुक्त अध्यक्ष डाक्टर महाश्रम शर्माले पदबहाली गरेका छन् । सोमबार सानोठिमीस्थित बोर्डको कार्यालयमा उनको पदबहाली भएको हो ।

    पदबहालीका लागि परीक्षा बोर्ड पुगेका अध्यक्ष डा शर्मालाई सदस्य सचिव दुर्गाप्रसाद अर्यालको नेतृत्वमा कर्मचारीहरुले स्वागत गरेका थिए ।  

    पदबहाली लगत्तै आयोजित परिचयात्मक कार्यक्रमलाई सम्बोधन गर्दै अध्यक्ष डा शर्माले बोर्डको कामलाई परीक्षाको औपचारिकतामा मात्र सीमित गर्नु नहुने  बताए । बोर्डलाई  विश्वका राम्रा परीक्षा बोर्डहरुको सूचीमा दर्ज गराउनुपर्ने आवश्यकता औल्याउँदै अध्यक्ष डा शर्माले आफ्नो कार्यकाल सोही लक्षमा केन्द्रित रहने उद्घोष गरे । सामुहिकतामा बल भएको बताउदै उनले सबै कर्मचारीलाई आ आफ्नो कर्तब्य पालना गर्न निर्देशन दिनुका साथै आफू सधै कर्मचारीहरुको वृत्ति विकासको पक्षमा रहने प्रतिवद्धता प्रकट गरे ।                                                                                                                                     

    उक्त अवसरमा सदस्य सचिव दुर्गाप्रसाद अर्याल, निर्देशक जंगबहादुर अर्याल, नेराकस परीक्षा बोर्डका केन्द्रीय अध्यक्ष प्रकाश अवाले, कर्मचारी युनियनका अध्यक्ष राजु ओलिया र कर्मचारी संघका अध्यक्ष नरेन्द्र ढकालले बोर्डको नेतृत्वमा शिक्षा बुझेका पूर्व सचिव शर्माको आगमनले उत्साह मिलेको बताउदै उनको अनुभवले बोर्डको प्रगती हुने बिश्वास ब्यक्त गरेका थिए ।

    Copyright © All right reserved to webtvkhabar.com Site By: Sobij