वेबटिभी खबर
काठमाडौं । मकवानपुरको भीमफेदीमा भएको दर्दनाक दुर्घटनामा ज्यान गुमाएका सर्लाहीका १३ जनामध्ये १२ जनाको सामुहिक अन्त्येष्टिका गरिएको छ । उनीहरूको सुन्दरपुरस्थित लखनदेही खोलामा सामूहिक दाहसंस्कार गरिएको हो ।
मृतक १३ जनामध्ये सुन्दरपुरका १२ जनाको शव गाउँमा ल्याएर दाहसंस्कारगरिएको छ भने सुन्दरपुरकै एक जना बासिन्दा, जो हाल सदरमुकाम मलङ्गवाको वडा नम्बर ४ मा बसोबास गर्दै आएका थिए, उनको शव भने मलङ्गवा-४ मै लगिएको जनाइएको छ । उनको अन्त्येष्टि पनि मलङ्गवामै गरिएको छ।
मृतकहरूको शव सुन्दरपुर ल्याइएसँगै रातिको समयमा पनि श्रद्धाञ्जली अर्पण गर्न स्थानीय तथा सर्वसाधारणको ठूलो भीड लागेको थियो । आफन्तजन, स्थानीय बासिन्दा, जनप्रतिनिधि तथा सर्वसाधारणको उपस्थितिले सुन्दरपुर शोकमग्न बनेको थियो ।
आफ्ना गर्भवती श्रीमतीसहित ६ जनाको एक्लै अवधेश यादवले दागबत्ती दिनुभएको छ । दाहसंस्कारमा जिल्ला स्थित सुरक्षा निकायका प्रमुखहरुको समेत सहभागीता रहेको थियो । साथै दाहसंस्कारमा समेत सुरक्षाकर्मीले सघाएको थियौ ।
Copyright © All right reserved to webtvkhabar.com Site By: Sobij