Logo

२०८३, कार्तिक २१ गते शुक्रवार

२०८३, कार्तिक २१ गते शुक्रवार

फ्रान्समा फेरि एक महिना लकडाउन

फ्रान्समा फेरि एक महिना लकडाउन

  • चैत्र १९, २०७७ बिहिवार ११:०३ बजे
  • 640
    SHARES
  • फ्रान्समा फेरि एक महिना लकडाउन

    काठमाडौं । कोरोना भाइरसको संक्रमण बढेपछि फ्रान्समा फेरि एक महिना  लकडाउन घोषणा गरिएको छ । राष्ट्रपति इमानुयल म्याँक्रोद्वारा जारी एक सार्वजनिक सन्देशमा शनिबारदेखि देशभर एक महिना लकडाउन हुने उल्लेख गरेका छन् ।

    लकडाउनमा अत्यावश्यक पसलहरू मात्र खोल्न दिइने उनले बताएका छन् । उनले  कार्यालयको सट्टा घरमै बसेर काम गर्न आग्रह गरिएकाे छ । 

    मानिसहरूलाई उचित कारणविना घरबाट १० किलोमिटरभन्दा टाढा जान रोक लगाइएको छ । संक्रमण फैलिन नदिने उद्देश्यले सार्वजनिक समारोहमा पूर्णरूपमा रोक लगाइएको छ ।

    फ्रान्समा पछिल्लो २४ घण्टामा ४१ हजार ९०७ जना संक्रमित भएका छन् भने ३०३ जनाको मृत्यु भएको छ ।

  • सम्बन्धित विषय:

  • # फ्रान्स
  • # लकडाउन

  • Copyright © All right reserved to webtvkhabar.com Site By: Sobij