Logo

२०८३, कार्तिक २२ गते शनिवार

२०८३, कार्तिक २२ गते शनिवार

‘द्वन्द्वको अवस्था सिर्जना गर्ने एमसीसी खारेज गरौं’

‘द्वन्द्वको अवस्था सिर्जना गर्ने एमसीसी खारेज गरौं’

  • फाल्गुण १२, २०७८ बिहिवार २१:४० बजे
  • 388
    SHARES
  • ‘द्वन्द्वको अवस्था सिर्जना गर्ने एमसीसी खारेज गरौं’

    ओखलढुंगा । प्रदेश नम्बर १ का सामाजिक विकास मन्त्री एंव नेकपा एकीकृत समाजवादीका पोलिटव्यूरो सदस्य राजन राईले सामाजिक सद्भाव भड्काउने र नागरिकलाई विभाजन गर्ने गरी ल्याइएका सम्झौता रद्द गर्नु पर्ने बताएका छन् । 

    मन्त्री राईको सम्मानमा एकीकृत समाजवादीको युवा संगठन युवा संघ नेपालले आयोजना गरेको सम्मान कार्यक्रमलाई बिहीबार ओखलढुंगा सदरमुकाममा सम्बोधन गर्दै मन्त्री राईले अमेरिकी सहयोग परियोजना एमसीसी सदनबाट खारेज गर्नु पर्ने बताए । 

    उनले एमसीसीका कारण नेपाली समाजमा सद्भाव भड्काउने र द्वन्द्व निम्त्याउने गरी बहस सुरु भएको भन्दै हिंसा निम्त्याउने खेल भइरहेको उनको आशंका छ । समाजमा  विभाजन ल्याउने परियोजना नेपाललाई आवश्यक नरहेको उनले बताए । 

    एकीकृत समाजवादीका कार्यकर्ता भेटघाट तथा चुनावका रणनीतिबारे छलफल गर्न मन्त्री राई ओखलढुंगा आएका थिए । दुई दिन जिल्ला बसेका राई कार्यकर्तासँग चुनाव केन्द्रित रणनीतिक छलफलमा केन्द्रित रहेको एकिकृत समाजवादीका जिल्ला अध्यक्ष हंशराज वाग्लेले बताए ।

  • सम्बन्धित विषय:

  • # एमसीसी

  • Copyright © All right reserved to webtvkhabar.com Site By: Sobij