Logo

२०८३, कार्तिक २२ गते शनिवार

२०८३, कार्तिक २२ गते शनिवार

जसपाको बैठक आजबाट: एमसीसीसहित यी हुन् एजेन्डा

जसपाको बैठक आजबाट: एमसीसीसहित यी हुन् एजेन्डा

  • 411
    SHARES
  • जसपाको बैठक आजबाट: एमसीसीसहित यी हुन् एजेन्डा

    काठमाडौं । आन्तरिक बिबादका कारण लामो समय देखि हुन नसकिरहेको तराई मधेस केन्द्रित दल जनता समाजवादी पार्टी नेपालको केन्द्रीय कार्यकारणी समितिको बैठक आजबाट काठमाडौंमा सुरु हुँदैछ ।

    वालकुमारीस्थित केन्द्रीय कार्यालयमा बिहान ११ बजे देखि सुरु हुने बैठकले अमेरिकन सहयोग मिलिनियम च्यालेन्ज कर्पोरेशन ९एमसीसी० देखि स्थानिय तहको निर्वाचनसम्मको अजेन्डामा छलफल हुनेछ ।

    ‘आजको बैठकमा एमसीसी, स्थानिय तह निर्वाचन र पार्टीको विधान सम्मेलन गर्नेलगायत एजेन्डा तय भएका छन्,’ कार्यकारिणी सदस्य प्रशान्त सिंहले भने, ‘साथै, समसमायिक राजनीतिक बिषयमा पनि छलफल हुनेछ ।’ उनका अनुसार पार्टी बिभाजन भएपछि केन्द्रीय बिभाग देखि अन्य संरचना तय नभएकाले सो बारेमा पनि छलफल हुनेछ । 

    यसअघि तुल्सीलाल स्मृति प्रतिष्ठान, च्यासलमा हुने भनिएको बैठक अन्तिममा बालकुमारीस्थित केन्द्रीय कार्यालयमा हुन लागेको हो । 

    Copyright © All right reserved to webtvkhabar.com Site By: Sobij