Logo

२०८३, कार्तिक २२ गते शनिवार

२०८३, कार्तिक २२ गते शनिवार

माधव नेपालले देउवालाई भेटेलगत्तै एकीकृत समाजवादीको बैठक सिंहदरबारमा

माधव नेपालले देउवालाई भेटेलगत्तै एकीकृत समाजवादीको बैठक सिंहदरबारमा

  • 364
    SHARES
  • माधव नेपालले देउवालाई भेटेलगत्तै एकीकृत समाजवादीको बैठक सिंहदरबारमा

    काठमाडौं । एकीकृत समाजवादीका शीर्ष नेताहरू अमेरिकी सहयोग परियोजना मिलेनियम च्यालेन्ज कर्पोरेसन (एमसीसी) बारे अनौपचारिक छलफलमा जुटेका छन् ।

    सिंहदरबारस्थित संसदीय दलको कार्यालयमा छलफल चलिरहेको एकीकृत समाजवादीको संसदीय दलका प्रमुख सचेतक जीवनराम श्रेष्ठले जानकारी दिए । 

    उनका अनुसार अध्यक्ष माधव नेपालसहितका शीर्ष नेताहरू एमसीसीबारे अनौपचारिक छलफलमा जुटेका हुन् । एकीकृत समाजवादी संसदमा एमसीसीको विपक्षमा उभिने बताउँदै आएको छ ।

    शुक्रबार बिहान धनगढीबाट काठमाडौं आएलगत्तै अध्यक्ष नेपालले प्रधानमन्त्री शेरबहादुर देउवालाई बालुवाटारमा भेटेर छलफल गरेका थिए । बालुवाटारबाट फर्केपछि नेपालले आफ्नै पार्टीका शीर्ष नेताहरूसँग छलफल थालेका हुन् ।

    प्रधानमन्त्री देउवाले एमालेको समर्थनमा भएपनि एमसीसी संसदबाट अनुमोदन गर्ने प्रयास गरेका छन् । एकीकृत समाजवादी र माओवादी केन्द्र एमसीसीको विपक्षमा उभिँदा सत्तारुढ गठबन्धन टुट्ने खतरा बढेको छ ।

    एमसीसीको विपक्षमा उभिने एकीकृत समाजवादीको निर्णयलाई पुनर्विचार गर्न कांग्रेसले आग्रह गरेको चर्चा भइरहेका बेला अध्यक्ष नेपालले देउवासँग छलफल सकेर आफ्नै पार्टीका शीर्ष नेतासँग छलफल गरिरहेका हुन् ।
     

  • सम्बन्धित विषय:

  • # एमसीसी

  • Copyright © All right reserved to webtvkhabar.com Site By: Sobij