Logo

२०८३, कार्तिक २२ गते शनिवार

२०८३, कार्तिक २२ गते शनिवार

प्रधानमन्त्रीलाई प्रेम सुवालको प्रश्न- सित्तैमा पाइयो भन्दै विष खान सकिन्छ ?

प्रधानमन्त्रीलाई प्रेम सुवालको प्रश्न- सित्तैमा पाइयो भन्दै विष खान सकिन्छ ?

  • 513
    SHARES
  • प्रधानमन्त्रीलाई प्रेम सुवालको प्रश्न- सित्तैमा पाइयो भन्दै विष खान सकिन्छ ?

    काठमाडौं । नेपाल मजदुर किसान पार्टीका सांसद प्रेम सुवालले एमसीसी राष्ट्रहितविपरीत रहेकाले अनुमोदन गर्न नहुने बताएका छन् । 

    प्रतिनिधिसभामा आइतबारबाट सुरु भएको एमसीसी सम्झौतामाथिको सैद्धान्तिक छलफलमा सहभागी हुँदै उनले नेपालको हितमा नरहेको एमसीसी सम्झौता अनुमोदन गर्न नहुने जिकिर गरे । 

    सित्तैमा पाएको विष खान नसकिने उनको भनाइ छ । ‘प्रधानमन्त्री शेरबहादुर देउवाले सित्तैमा पाएको रकम किन नलिने भन्नुभयो,’ सुवालले भने, ‘सित्तैैमा पाएको विष खान सकिन्छ र ? खाएमा मृत्यु हुन्छ ।’ 

    आफ्नो सम्बोधनभर उनले एमसीसी सम्झौताको विपक्षमा बोले । 
     

  • सम्बन्धित विषय:

  • # एमसीसी

  • Copyright © All right reserved to webtvkhabar.com Site By: Sobij