वेबटिभी खबर
काठमाडौं । राष्ट्रिय प्रजातन्त्र पार्टीका अध्यक्ष राजेन्द्र लिङ्देनले एमसीसीमा नेपाली जनता विभाजित भइरहेका अवस्थामा राष्ट्रिय सहमति कायम गर्ने गरी नयाँ ढंगले अघि बढ्नुपर्ने उनले बताएका छन् ।
प्रतिनिधिसभा बैठकमा आइतबार आफ्नो धारणा राख्दै अध्यक्ष लिङ्देनले संसदले गर्ने हरेक निर्णय ठीक नहुने पनि बताए । ‘एमसीसीको दफादफामा छलफल हुनुपर्छ, यसको एकएक दफाबारे जनताले बुझ्नुपर्छ,’ उनले भने ।
उनले एमसीसीलाई जोरजबर्जस्तीबाट पारित गर्न नहुने बताए । एमसीसी जस्तो सम्झौतालाई अन्तर्राष्ट्रिय सन्धिको मान्यता किन दिनुपर्ने भन्दै उनले प्रश्न गरे ।
Copyright © All right reserved to webtvkhabar.com Site By: Sobij