Logo

२०८३, मंसिर ४ गते बिहिवार

२०८३, मंसिर ४ गते बिहिवार

विद्यालय सञ्चालनबारे जरुरी सूचनामा के भनिएको छ ?

विद्यालय सञ्चालनबारे जरुरी सूचनामा के भनिएको छ ?

  • 2.1K
    SHARES
  • विद्यालय सञ्चालनबारे जरुरी सूचनामा के भनिएको छ ?

    काठमाडौं । सरकारले २०७९ सालको नयाँ शैक्षिक सत्र आगामी जेठबाट थाल्ने निर्णय गरेको छ । शिक्षा तथा मानव स्रोत विकास केन्द्रका अनुसार आगामी चैत मसान्तसम्म पठनपाठन हुने र वैशाखमा परीक्षा सकेर नतिजा प्रकाशन गर्नु पर्नेछ ।

    नयाँ भर्ना पनि वैशाखमै सुरु गर्न भनिएको छ । पठनपाठन भने जेठ १ गतेबाट थाल्ने निर्णय भएको छ । कोरोना भाइरस संक्रमणका कारण यसअघि नै नयाँ भर्नासमेत प्रभावित भएको थियो ।

    अहिले सहज अवस्था बन्दै गएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयको कोरोना तथ्यांकअनुसार संक्रमणदर घटेको छ । जोखिम नभएकै कारण सरकारले रोक लगाएको शैक्षिक, आर्थिक, व्यावसायिक सबै क्षेत्र खोल्न अनुमति दिइसकेको छ ।  

    अवस्था सहज बनेकाले यस पटकको नयाँ भर्ना अभियान भौतिक उपस्थितिमा गर्न दिने शिक्षा विज्ञान तथा प्रविधि मन्त्रालयले जनाएकाे छ ।

    मन्त्रालयकाे भनाइमा ‘स्वास्थ्य सुरक्षाको मापदण्ड पालना गरी भर्ना अभियान थालिनेछ, पहिलाजस्तो नारा जुलुस नै चाहिँ हुँदैन ।’

    हेर्नुहोस् यो सूचना 

    edu.jpg

    परीक्षाबारे आयोगले जारी गर्यो यस्तो सूचना [परीक्षा केन्द्रसहित] परीक्षाबारे आयोगले जारी गर्यो यस्तो सूचना [परीक्षा केन्द्रसहित]

  • सम्बन्धित विषय:

  • # विद्यालय

  • Copyright © All right reserved to webtvkhabar.com Site By: Sobij