Logo

२०८३, कार्तिक २१ गते शुक्रवार

२०८३, कार्तिक २१ गते शुक्रवार

कोरोना मुक्त मधेस प्रदेश : ८२ प्रतिशतले लगाए काेराेना विरूद्धकाे पूर्ण खोप

कोरोना मुक्त मधेस प्रदेश : ८२ प्रतिशतले लगाए काेराेना विरूद्धकाे पूर्ण खोप

  • 467
    SHARES
  • कोरोना मुक्त मधेस प्रदेश : ८२ प्रतिशतले लगाए काेराेना विरूद्धकाे पूर्ण खोप

    काठमाडौं । मधेस प्रदेश कोरोना संक्रमण मुक्त प्रदेश बनेको छ । मधेस प्रदेशका आठवटै जिल्लामा संक्रमितकाे संख्या शून्यमा झरेसँगै प्रदेश संक्रमणमुक्त बनेको हो । कोरोना महामारी सुरुआत भएयता प्रदेशमा हालसम्म ४१ हजार ४१७ संक्रमित भएकोमा ४० हजार ३५५ निको भएर घर फर्किएको मधेस प्रदेश स्वास्थ्य निर्देशनालयले जनाएको छ ।

    संक्रमणकै कारण प्रदेशमा १ हजार ६२ को मृत्यु भएको स्वास्थ्य निर्देशक विजयकुमार झाले जानकारी दिए । संक्रमणकै कारण हालसम्म बारामा १८१, सप्तरीमा १६१, सिरहामा १३५, धनुषामा १३२, पर्सामा १३२, रौतहटमा १२९, सर्लाहीमा ९३ र महोत्तरीमा ९१ जनाको  मृत्यु भएको निर्देशनालयले जनाएको छ ।

    त्यस्तै प्रदेशमा करिब ८२ प्रतिशतले कोभिड-१९ विरूद्धको पूर्ण डोज खोप लगाएका छन् । सार्वजनिक सेवाका लागि अनिवार्य खोप कार्ड अनिवार्य गरेको र खोपसम्बन्धी निरन्तरको प्रचारप्रसार र स्थानीय जनप्रतिनिधि तथा स्वास्थ्यकर्मीको सक्रियताका कारण कोभिड-१९ विरूद्धको खोप लगाउने दर बढेको निर्देशक झाले बताए ।

    Copyright © All right reserved to webtvkhabar.com Site By: Sobij