वेबटिभी खबर
काठमाडौ । अर्थमन्त्री जनार्दन शर्माले पदबाट राजीनामा दिएका छन् । बुधबार बसेको प्रतिनिधिसभा बैठकलाई सम्बोधन गर्दै उनले पदबाट राजीनामा दिएका हुन् ।
उनीमाथि आर्थिक वर्ष २०७९/८० को बजेट निर्माण गर्दा अनधिकृत व्यक्तिलाई प्रवेश गराएको आरोप लागेको थियो । त्यसकाे लागि ११ सदस्यीय छानबिन समिति बनाइएकाे छ ।
उक्त समितिमा एमालेबाट प्रदीप ज्ञवाली, खगराज अधिकारी, भानुभक्त ढकाल र विमला विक छन् । नेपाली कांग्रेसबाट पुष्पा भुसाल र सीताराम महतो छन् ।
त्यसैगरी माओवादी केन्द्रबाट देव गुरुङ र शक्ति बस्नेत छन् । नेकपा एसबाट सरला यादव, जसपाबाट सुरेन्द्र यादव र लोसपाबाट लक्ष्मणलाल कर्ण छन् ।
शर्माले एउटा मात्र नभएर हजारौँ छानबिनको लागि तयार रहेको बताए । छानबिन समितिलाई सहयोग गर्ने उनकाे भनाइ छ ।
कानुनअनुसार नै बजेट बनाएको हुँ : अर्थमन्त्री
Copyright © All right reserved to webtvkhabar.com Site By: Sobij