वेबटिभी खबर
काठमाडौं । नेपाली कांग्रेसकी सांसद डा.डिला संग्रौला पन्तले बाढी र पहिरोपीडितको राहत तथा उद्धारका साथै प्रकोप न्यूनीकरण गर्न सरकारले के गरिरहेको छ श्वेतपत्र जारी गर्न माग गरेकी छिन् ।
बिहीबार बसेको प्रतिनिधिसभा बैठकको शून्य समयमा बोल्दै सांसद संग्रौलाले सो माग गरेकी हुन् ।
‘बाढी र पहिरो पीडितको राहत तथा उद्धारका साथै प्रकोप न्यूनीकरण गर्न सरकारले के गरिरहेको छ, श्वेतपत्र जारी गर्न माग गर्दछु,’ उनले भनिन् ।
सांसद डा.संग्रौलाले यतिखेर देशभरि नै बाढी र पहिरोका कारण जनजीवन आक्रान्त भएकोबारे सरकारको ध्यानाकर्षण गराइन् ।
उनले किसानले मल नपाएको बारेमा पनि सरकारको ध्यानाकर्षण गराइन् । ‘किसानले मल पाउँछन् कि पाउँदैनन् पाए भने कहिलेसम्म पाउँछन्, सदनलाई जानकारी गराइयोस्,’ उनले भनिन् ।
कोरोना भाइरसको नयाँ प्रजातीको ओमिक्रोन भेरियन्ट विए डट फाइभ भेटिएको समाचार आएको बताउँदै सांसद संग्रौलाले यसको सावधानी र रोकथामको लागि सरकारको ध्यानाकर्षण गराइन् ।
Copyright © All right reserved to webtvkhabar.com Site By: Sobij