Logo

२०८३, कार्तिक २२ गते शनिवार

२०८३, कार्तिक २२ गते शनिवार

अजिरकोटमा ऐनविपरित खरिदबिक्री

अजिरकोटमा ऐनविपरित खरिदबिक्री

  • 322
    SHARES
  • अजिरकोटमा ऐनविपरित खरिदबिक्री

    काठमाडौं । गोरखाको अजिरकोट गाउँपालिकामा मापदण्ड मिचेर सेटिङमा काम हुने गरेको पाइएकाे छ । ठेक्का दिँदा होस् वा कुनै पनि सामान खरिद गर्दा अनिवार्य रूपमा सार्वजनिक खरिद ऐन बमोजिम गर्नुपर्छ । तर अजिरकोट गाउँपालिकाका कर्मचारी, जनप्रतिनिधि र व्यवसायीहरू मिलेर सार्वजनिक खरिद ऐनविपरित सेटिङमा काम गर्ने गरेको पाईएको छ ।

    सार्वजनिक खरिद ऐन, २०६३ मा उल्लेख भएअनुसार कुनै पनि सरकारी निकायले प्रतिस्पर्धा गरेर मात्रै सामान खरिद गर्नुपर्ने व्यवस्था छ । तर गाउँपालिकाले प्रचलित ऐन मिचेर सामान खरिद गरेको भन्दै महालेखा परीक्षकको प्रतिवेदन २०७९ ले औँल्याएको छ ।

    पालिकाले आर्थिक बर्ष २०७८/०७९ मा पूँजीगत तथा चालु किसिमका वस्तु तथा सेवा खरिद गर्दा सार्वजनिक खरिद ऐन मिचेको महालेखाको प्रतिवेदनमा उल्लेख छ ।

    पालिकाले बजेट किताब छपाई, पशु तथा कृषि औषधि खरिद गर्दा विभिन्न चार व्यवसायीलाई कानुन मिचेर खरिद गर्न दिएको भन्दै र दिएको भुक्तानी रकम १६ लाख ८८ हजार सात सय ४८ रूपैयाँ बेरूजु देखाएको छ ।

    Copyright © All right reserved to webtvkhabar.com Site By: Sobij