वेबटिभी खबर
काठमाडौं । राष्ट्रपति विद्यादेवी भण्डारीले नागरिकता (पहिलो संशोधन) विधेयक-२०७९ पुनर्विचारका लागि प्रतिनिधिसभामा फिर्ता पठाएकोमा विरोध प्रदर्शन भएको छ ।
राष्ट्रपति भण्डारीले आइतबार विधेयक फिर्ता पठाएपछि सोमबार सिरहाको गोलबजारमा सिके राउत नेतृत्वको जनमत पार्टीले विरोध प्रदर्शन गरेको हो ।
प्रदर्शनकारीले टायर बालेर सडकमा सवारी आवागमनमा अवरोध पुर्याएका छन् ।
Copyright © All right reserved to webtvkhabar.com Site By: Sobij