Logo

२०८३, कार्तिक २२ गते शनिवार

२०८३, कार्तिक २२ गते शनिवार

विद्युत् सर्ट भई आगलागी हुँदा लाखैंकाे क्षति

विद्युत् सर्ट भई आगलागी हुँदा लाखैंकाे क्षति

  • 351
    SHARES
  • विद्युत् सर्ट भई आगलागी हुँदा लाखैंकाे क्षति

    झापा । झापाको गौराहद नगरपालिकामा आज बिहान विद्युत् सर्ट भई फर्निचर उद्योगमा आगलागी हुँदा १५ लाख बराबरको क्षति भएको छ ।

    गौरादह-१ का मुनिलाल शर्माले गौराहद-२ स्थित गौरादह बजारमा सञ्चालन गरेको गौरादह पायल फर्निचर उद्योगमा आगलागी हुँदा उक्त क्षति भएको जिल्ला प्रहरी कार्यालय झापाका प्रवक्ता प्रहरी नायब उपरीक्षक बसन्त पाठकले जानकारी दिए ।

    उनका अनुसार आज बिहान अचानक विद्युत् सर्ट भई आगलागी भएको थियो । आगलागीबाट फर्निचरको छेउमा रहेको बास र टिनको छानो भएको टहरा पूर्णरूपमा जलेर नष्ट भएको छ भने उक्त टहराभित्र रहेको मेसिन, काठ र फर्निचर जलेर करिब १५ लाख बराबरको क्षति भएको हो ।

    आगलागी नेपाल प्रहरी, स्थानीयवासी, गौरादह, दमक नगरपालिका र कमल गाउँपालिकाको बारुणयन्त्रको सहयोगमा पूर्णरूपमा नियन्त्रणमा लिइएको थियो ।

    Copyright © All right reserved to webtvkhabar.com Site By: Sobij