Logo

२०८३, कार्तिक २२ गते शनिवार

२०८३, कार्तिक २२ गते शनिवार

जुम्लाको मार्सी धानबालीमा ब्लास्ट रोग

जुम्लाको मार्सी धानबालीमा ब्लास्ट रोग

  • 604
    SHARES
  • जुम्लाको मार्सी धानबालीमा ब्लास्ट रोग

    जुम्ला । नेपालको सर्वाधिक अग्लो स्थानमा उत्पादन हुने जुम्लाको मार्सी धानबाली ब्लास्ट रोगले बर्बाद बन्ने अवस्थामा पुगेको छ ।

    जुम्लाको तातोपानी गाउँपालिका–४ को गौतमवाडामा रहेको धानको ज्युलोको धानबाली ब्लास्ट रोगले सखाप भएको छ । रोग लागेपछि यहाँका किसान बाँकी बाली कसरी जोगाउने भन्ने चिन्तामा छन् । यहाँ असारमा धान रोपिएको हो ।

    धानमा  ब्लास्ट रोग लागेपछि किसानहरू कृषि विकास कार्यालय जुम्लामा औषधि खोज्दै पुगेको स्थानीय भावना उपाध्यायले बताइन् । उनले भनिन्, ‘पाँच जनाको धान खेतमा बढी नै समस्या देखिएको छ । सबैले कालीमार्सी धान लगाएका थिए ।’

    तातोपानीकै अर्की किसान जानकी गौतमले धानको गुबो खुइलिएर खैरो, सेतो हुँदै बोट नै मर्ने गरेको दुःखेसो गरिन् । उनले भनिन्, ‘हाम्रो  पहिचान बनेको मुख्य धानबाली नै हो  । यसको उपचार नभए परिश्रम नै खेर जाने पक्का छ ।’

    यता कृषि विकास कार्यालय जुम्लाका निमित्त प्रमुख गणेश अधिकारीले प्राविधिकहरू धान खेतमै पुगेर निरीक्षण गरेको र किसानलाई परामर्श दिएको बताए ।

    Copyright © All right reserved to webtvkhabar.com Site By: Sobij