Logo

२०८३, कार्तिक २२ गते शनिवार

२०८३, कार्तिक २२ गते शनिवार

डेंगु नियन्त्रण गर्न सरकारको ध्यानाकर्षण

डेंगु नियन्त्रण गर्न सरकारको ध्यानाकर्षण

  • 500
    SHARES
  • डेंगु नियन्त्रण गर्न सरकारको ध्यानाकर्षण

    काठमाडौं । प्रतिनिधिसभाको आजको बैठकमा सांसदले काठमाडौँ उपत्यकालगायत देशका विभिन्न जिल्लामा फैलिएको डेंगु रोग नियन्त्रणका लागि सरकारको ध्यानाकर्षण गराएका छन् ।

    बैठकको शून्य समयमा सांसद मीना सुब्बाले उपत्यकाका अस्पतालमा डेंगुका बिरामी दैनिकरूपमा बढ्दै गएको जनाउँदै बेलैमा नियन्त्रण गर्न सरकारसँग माग गरेकी छिन् ।

    उनले त्रिवि शिक्षण अस्पताल, वीर, टेकु अस्पतालमा डेंगुका बिरामीले शय्या पाउन मुस्किल परेको अवस्था रहेको बताइन् । सांसद मैनाकुमारी भण्डारीले नागरिकता विधेयकमा सरकार संवेदनशील हुन नसकेको गुनासो गरिन् ।

    सांसद रंगमती शाहीले स्वास्थ्य, शिक्षा र वृद्धवृद्धाको जिम्मा राज्यले लिर्ने बताइन् । सांसद राजेन्द्रकुमार राईले धनकुटा जिल्लाको भेडेटार-पाँचथरको रविराँके सडक (एक सय एक किलोमिटर) बाटो निर्माण सुरु गरेको पाँच वर्ष भएपनि पूरा हुन नसकेकोप्रति सरकारको ध्यानाकर्षण गराए ।

    सांसद रामवीर मानन्धरले शून्य समयमा बोलेको विषयको कुनै पनि सम्बोधन नहुने गुनासो गरे । सांसद रेनुका गुरुङले नेपाल-भारत खुला सीमा क्षेत्रमा हुने आपराधिक गतिविधि अन्त्य गर्न सरकारसँग माग गरेका ।  

    Copyright © All right reserved to webtvkhabar.com Site By: Sobij