वेबटिभी खबर
काठमाडौं । नेपाल समाजवादी पार्टी, (नेसपा) का युवा नेता रूपनारायण श्रेष्ठ आगामी ४ मंसिरमा हुने निर्वाचमा प्रतिनिधिसभा सदस्यका लागि प्रत्यक्षतर्फ गोरखा क्षेत्र नम्बर १ बाट सिफारिस भएका छन् ।
नेपाल समाजवादी विद्यार्थी युनियनका पूर्वअध्यक्षसमेत रहेका नेता श्रेष्ठलाई शनिबार नेसपा गोरखाले सिफारिस गरेको हो । नेसपाका अर्का नेता यान प्रसाद भट्ट पनि गाेरखा–१ बाटै सिफारिस भएका छन् ।
श्रेष्ठले २२ वर्ष सक्रिय रूपमा विद्यार्थी राजनीति गरेका थिए ।
देशभरबाट मंसिर ४ मा हुने चुनाव लड्न युवा नेताहरूको उदय भइरहेका बेला नेसपाले पनि युवाहरूलाई नै सिफारिस गरेको छ ।
आफूलाई गोरखा–१ बाट प्रतिनिधिसभा उम्मेदवारमा सिफारिस गरेकोमा गोरखा जिल्ला पार्टी र सबै नेतृत्वका साथीहरूलाई श्रेष्ठले धन्यवाद दिएका छन् ।
नेसपा गोरखाले पूर्वप्रधानमन्त्री तथा नेसपाका अध्यक्ष डा.बाबुराम भट्टराई गोरखा क्षेत्र नम्बर २ बाट सर्वसम्मत सिफारिस गरेकाे छ ।
प्रदेशसभातर्फ क्षेत्र नम्बर १ (क) मा गोपालबाबु श्रेष्ठ, ज्योति कोइराला र कुमार गुरुङलाई सिफारिस गरिएको छ ।
प्रदेशसभा (ख) मा भने राजेन्द्र पराजुली सर्वसम्मत बनेका छन् ।
निर्वाचन क्षेत्र नम्बर २ प्रदेशसभा (क) मा ज्ञानेन्द्र कुमाल, दुर्गा भट्टराई र उपेन्द्र देवकोटाको नाम सिफारिस हुँदा (ख)तर्फ रमेश पोखरेल र धनमाया लामाको नाम सिफारिस भएको छ ।
गोरखा समग्र नेपालकै सानो मोडेल हो : डा.बाबुराम भट्टराई [अन्तर्वार्ता]
पूर्वप्रधानमन्त्री डा.भट्टराई भन्छन्– म गोरखा २ बाटै चुनाव लड्छु
Copyright © All right reserved to webtvkhabar.com Site By: Sobij