Logo

२०८३, कार्तिक २२ गते शनिवार

२०८३, कार्तिक २२ गते शनिवार

पशुपन्छी बीमामा किसानलाई अनुदान

पशुपन्छी बीमामा किसानलाई अनुदान

  • 380
    SHARES
  • पशुपन्छी बीमामा किसानलाई अनुदान

    तनहुँ । भेटेरिनरी अस्पतालत तथा पशु सेवा विज्ञ केन्द्र तनहुँले आर्थिक वर्ष ०७९/०८० मा पशुधन सुरक्षाअन्तर्गत पशुपन्छी बीमा कार्यक्रमलाई प्रोत्साहन दिएको छ ।

    कार्यालयले १ लाख ३५ हजार ६ सय ६४ पशुपन्छीको २० प्रतिशत प्रिमियमका दरले ४५ लाख ४८ हजार अनुदान दिएको हो ।

    जिल्लामा कुखुरा १ लाख २८ हजार आठ सय २२, गाई एक हजार छ सय ९७, भैँसी एक हजार दुई सय ६२, बाख्रा दुई हजार चार सय ६८ र बंगुर एक हजार चार सय १४ रहेका छन् ।

    तनहुँमा ५२ हजार छ सय १५ परिवार पशुपालनमा संलग्न हुँदै आएको कार्यालयका प्रमुख डा.बालकुमार श्रेष्ठले जानकारी दिए । केन्द्रले पशुपन्छी पालन किसानका लागि बीमांक ४५ करोड ४८ लाख बराबरको बीमा गरिदिएको छ ।

    ‘पशुपालन किसानमा हुन सक्ने क्षतिलाई न्यूनीकरण गर्न बीमा कार्यक्रमलाई प्रोत्साहन गरिएको हो’, उनले भने, ‘बीमाका साथसाथै अनुदानका कार्यक्रम पनि ल्याइएको छ ।’

    त्यसैगरी, जिल्लाका १११ वटा दुग्ध सहकारीमार्फत अनुदानमा आधारित कार्यक्रमअन्तर्गत ४१ लाख ४१ हजार तीन सय ६५ अनुदान वितरण गरेको छ । कार्यालयका अनुसार दुई लाख ३४ हजार छ सय ३६ लिटर दूध उत्पादनमा किसानलाई वितरण गरिएको हो ।

    व्यासमा छ, शुक्लागण्डकीमा दुई बन्दीपुर, भानुमा र म्याग्देमा एक/एक वटा सहकारीमार्फत उक्त अनुदान रकम प्रदान गरेको हो । कार्यालयले किसानलाई पाडी बाच्छी हुर्काउन प्रोत्साहन कार्यक्रम ल्याएको छ ।

    प्रतिपाडी बाच्छीका लागि दश हजारका दरले अनुदान वितरण गरिएको कार्यालयले जनाएको छ ।

    Copyright © All right reserved to webtvkhabar.com Site By: Sobij