Logo

२०८३, कार्तिक २२ गते शनिवार

२०८३, कार्तिक २२ गते शनिवार

बाढीले स्वास्थ्य सामग्रीमा क्षति

बाढीले स्वास्थ्य सामग्रीमा क्षति

  • 389
    SHARES
  • बाढीले स्वास्थ्य सामग्रीमा क्षति

    कञ्चनपुर । कञ्चनपुरको लालझाँडी गाउँपालिकामा बाढीले आठ लाख बराबरको स्वास्थ्य सामग्रीमा क्षति गरेको छ ।

    शुक्रबारदेखि वर्षाले लालझाँडी गाउँपालिकामा रहेको स्वास्थ्य शाखाको स्टोरमा बाढी पस्दा स्वास्थ्य सामग्रीमा क्षति भएको गाउँपालिका स्वास्थ्य शाखाका उपसंयोजक दशरथ रानाले बताए ।

    रानाका अनुसार स्टोरमा रहेका सिटामोल, जीवनजल, आरयुटियस (बच्चालाई खुवाउने औषधि) स्लाइन पानी र इन्जेक्सनलगायत अति आवश्यक औषधि डुबानमा परेर क्षति भएको छ ।

    ‘स्वास्थ्य शाखाको स्टोरमा बाढी पस्दा आठ लाख बराबरको औषधिमा क्षति पुग्यो’, उनले भने । सबैभन्दा बढी प्रयोगमा आउने सिटामोलको ८० हजार ट्यावलेट पूर्णरूपमा नोक्सान भएको छ ।

    तीन सय प्याकेट आरयुटियस (बच्चालाई खुवाउने औषधि), दुई सय बोतल भाइरेक्स र १० हजार प्याकेट जीवनजलमा नोक्सानी पुगेको छ । ‘धेरै औषधिमा नोक्सानी पुगेको छ स्टोरमा जान सम्भव छैन्’, उनले भने, ‘बाढीको बेला चाहिने अत्यावश्यक औषधिमा नोक्सानी पुगेपछि समस्या भएको छ ।’

    ८० हजारको सिटामोल, एक लाख बराबरको जीवनजल, एक लाख बराबरको प्यारासिटामोल, १० हजारको भाइरेक्स र २० हजार बराबरको आरयुटियस, ४० हजार बराबरको कोभिड-१९ किट, ४५ हजारको स्नानिटाइजर, एक लाखको अक्सिजन कन्सेन्ट्रेटरमा क्षति भएको छ ।

    त्यसैगरी इन्जेक्सनलगायत अन्य औषधिमा गरी आठ लाख बराबरको औषधि क्षति भएको उनले जानकारी दिए । कञ्चनपुरका सहायक प्रमुख जिल्ला अधिकारी अशोककुमार भण्डारीले जिल्लामा क्षतिको पूर्ण विवरण नआएको बताए ।

    ‘मानवीय क्षति भएको छैन्, धेरै ठाउँमा जनावर र खाद्यान्नमा क्षति भएको छ, सबै स्थानीय तहले क्षतिको विवरण संकलन गरिराखेका छन्’, उनले भने, ‘सोमबारसम्म क्षतिको पूर्ण विवरण आउछ ।’ 

    Copyright © All right reserved to webtvkhabar.com Site By: Sobij