वेबटिभी खबर
काठमाडौं । नागरिकता विधेयक प्रमाणीकरण नगरेर संविधान विपरीत काम गरेकाे भन्दै राष्ट्रपति विद्यादेवी भण्डारीविरूद्ध सत्तारूढ दलनिकट विद्यार्थी संगठनले प्रदर्शन गरेका छन् ।
संघीय संसदको दुवै सदनबाट पारित गरेर पठाएको नेपाल नागरिकता (पहिलो संशोधन) विधेयक-२०७९ लाई प्रमाणीकरण नगरेर राष्ट्रपति भण्डारीले संविधान नै मिचेको आरोप लगाउँदै विद्यार्थी संगठनहरू आन्दोलनमा उत्रिएका हुन् ।
बिहीबार माइतीघर मण्डलामा गठबन्धनका संयुक्त विद्यार्थी संघले राष्ट्रपतिविरूद्ध धर्ना दिँदै प्रदर्शन गरेका हुन् ।












Copyright © All right reserved to webtvkhabar.com Site By: Sobij