वेबटिभी खबर
अल्जियर्स । अल्जेरियासँगको सहयोगलाई बढाउन दुई दिने भ्रमणका लागि आइतबार फ्रान्सेली प्रधानमन्त्री एलिजाबेथ बोर्न अल्जियर्स आइपुगेकी छिन् ।
१६ जना वरिष्ठ अधिकारीहरूको प्रतिनिधिमण्डलको नेतृत्व गर्दै उनले आफ्ना अल्जेरियाका समकक्षी अयमान बेनाबदेररहमानेसँग वार्ता गरिन् ।
उनले सन् १९५४ देखि १९६२ सम्म चलेको अल्जेरियाको स्वतन्त्रता सङ्ग्रामका पीडितहरूको सम्झनामा शहीद स्मारकमा पुष्पहार चढाएकी छिन् ।
जारी अन्तर्राष्ट्रिय उर्जा सङ्कटको बीचमा विश्लेषकहरूले बोर्नको भ्रमणको उद्देश्य फ्रान्स र अल्जेरिया बीचको विशेष गरी ग्यास क्षेत्रमा सहयोग बढाउनु रहेको बताएका छन् ।
Copyright © All right reserved to webtvkhabar.com Site By: Sobij