Logo

२०८३, कार्तिक २१ गते शुक्रवार

२०८३, कार्तिक २१ गते शुक्रवार

खाडी मुलुकका नेपालीले पठाएका साढे ५ सय सिलिन्डर अक्सिजन वितरण

खाडी मुलुकका नेपालीले पठाएका साढे ५ सय सिलिन्डर अक्सिजन वितरण

  • 911
    SHARES
  • खाडी मुलुकका नेपालीले पठाएका साढे ५ सय सिलिन्डर अक्सिजन वितरण

    काठमाडौं । नेपालका अस्पतालमा अभाव भएको अक्सिजन सिलिन्डर पूर्तिका लागि खाडी मुलुकमा रहेका नेपालीले सहयोग गरेका छन् । 

    कोरोना संक्रमितको उपचारमा अत्यावश्यक अक्सिजन सिलिन्डर अभाव भएपछि मध्यपूर्वका गैरआवासीय नेपालीले पठाएका ५ सय ६० वटा सिलिन्डर अक्सिजन नेपालका विभिन्न अस्पतालमा वितरण गरिएको छ ।

    सुदूरपश्चिम प्रदेशमा १ सय, कर्णाली प्रदेशमा १ सय, लुम्बिनीमा २ सय प्रदेश-२ मा ८५ र गण्डकीमा ७५ वटाका दरले सिलिन्डर वितरण गरिएको हो ।

    ‘नेपालको अक्सिजन संकट सामना गर्न मध्यपूर्वका गैर-आवासीय नेपालीले पठाएका ५ सय ६० वटा सिलिन्डर स्वास्थ्य मन्त्रीज्यूलाई हस्तान्तरण गरेका छौं,’ गैरआवासीय नेपाली संघले जानकारी दिएको छ ।

    ‘नेपालमा अक्सिजन पठाऔं, आफन्तको ज्यान बचाऔं’ अभियानअन्तर्गत थप सहायतास्परुप ६ सय ७० वटा अक्सिजन कन्सन्ट्रेटर तत्कालै उपलब्ध गराउने पनि संघले बताएको छ ।

     

    Copyright © All right reserved to webtvkhabar.com Site By: Sobij