वेबटिभी खबर
काठमाडौं । अस्पतालहरुले कोरोना संक्रमितलाई अक्सिजनको व्यवस्था आफैं मिलाउन भन्ने गरेको जनगुनासोप्रति स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले ध्यानाकर्षण भएको जनाएको छ ।
मन्त्रालयकाअनुसार अक्सिजनको अभाव भइरहेको सन्दर्भमा अस्पतालहरुले संक्रमितको आफन्तलाई अक्सिजनको व्यवस्था आफैं मिलाउनुस् भन्ने गरेको गुनासो बढेको छ ।
यस्तो गुनासो आउन थालेपछि मन्त्रालयले अस्पताल स्वयमले नै अक्सिजनको व्यवस्था मिलाउनपर्ने स्पष्ट पारेको छ ।
आज मन्त्रालयका प्रवक्ता डा.जागेश्वर गौतमले 'अक्सिजनको व्यवस्था अस्पतालले मिलाउने हो, चिकित्सक तथा नर्सहरुले आफन्तलाई अक्सिजन लिएर आउन' नभन्न अनुरोध गरेका छन् ।
Copyright © All right reserved to webtvkhabar.com Site By: Sobij