Logo

२०८३, कार्तिक २२ गते शनिवार

२०८३, कार्तिक २२ गते शनिवार

गोरखामा एमालेका उम्मेदवार अब्दुस मियाँको प्रचारप्रसार टोलीमाथि आक्रमण

गोरखामा एमालेका उम्मेदवार अब्दुस मियाँको प्रचारप्रसार टोलीमाथि आक्रमण

  • 447
    SHARES
  • गोरखामा एमालेका उम्मेदवार अब्दुस मियाँको प्रचारप्रसार टोलीमाथि आक्रमण

    गाेरखा । गोरखामा नेकपा एमालेका नेतामाथि आक्रमण भएको छ । आइतबार राति गोरखा-२ मा एमालेबाट प्रतिनिधिसभा उम्मेदवार बनेका अब्दुस मियाँको प्रचारप्रसार टोलीमाथि आक्रमण भएको हो ।

    गोरखाको पालुङटार नगरपालिका-६ स्थित म्याङ्गो रिसोर्टमा खाना खाँदै गरेको अब्दुस मियाँकाे टीममाथि एक समूहले आक्रमण गरेको हो । आक्रमणमा एमाले प्रदेश सचिवालय सदस्य हरि काफ्ले घाइते भएका छन् । उनको टाउकोमा गहिरो चोट लागेको जनाइएको छ । उनको टाउकोमा ७ वटा टाँका लगाएर थप उपचारका लागि काठमाडौं लगिएको प्रहरीले जनाएकाे छ ।

    उक्त घटनामा संलग्न रहेको आरोपमा प्रहरीले राम सापकोटा र अजित पन्तलाई नियन्त्रणमा लिएको छ । कुटपिटमा संलग्न अन्य तीन जना फरार भएको र उनीहरूको खोजी भइरहेको प्रहरीले जनाएको छ । यस क्षेत्रमा सत्ता गठबन्धनबाट नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ प्रतिस्पर्धामा रहेका छन् ।

    Copyright © All right reserved to webtvkhabar.com Site By: Sobij