Logo

२०८३, कार्तिक २२ गते शनिवार

२०८३, कार्तिक २२ गते शनिवार

कपडा पसलमा आगलागी एक करोड बढीको क्षति

कपडा पसलमा आगलागी एक करोड बढीको क्षति

  • 311
    SHARES
  • कपडा पसलमा आगलागी एक करोड बढीको क्षति

    झापा । झापाको बिर्तामोडस्थित प्रसाईँ मार्केटमा आज बिहान आगलागी भएको छ ।

    पूर्व-पश्चिम राजमार्गअन्तर्गतको मुक्तिचोक पूर्वोत्तर धरान टेलर्सको माथिल्लो तल्लामा रहेको ‘वङ्ल रेडिमेट’ पसलमा आगलागी भएको हो ।

    राजु वंशलले सञ्चालनमा ल्याएको सो कपडा पसलमा आगलागी हुँदा एक करोड बढीको क्षति भएको प्रारम्भिक अनुमान गरिएको छ । विद्युत् सर्ट भएर आगलागी भएको हुनसक्ने प्रहरीको प्रारम्भिक अनुसन्धान रहेको छ ।

    बिर्तामोड नगरपालिकाको वारुणयन्त्रको सहयोगमा आगलागी नियन्त्रणमा लिइएको इलाका प्रहरी कार्यालय अनारमनीका प्रहरी नायब उपरीक्षक रुगमबहादुर कुँवरले जानकारी दिए ।

    Copyright © All right reserved to webtvkhabar.com Site By: Sobij