वेबटिभी खबर
एजेन्सी । संयुक्त राष्ट्र संघले मंगलबार (१५ नोभेम्बर)देखि विश्वको जनसंख्या आठ अर्ब पुगेको छ । यो प्रक्षेपण संयुक्त राष्ट्रसंघको विश्व जनसंख्या सम्भावना २०२२ प्रतिवेदनमा उल्लेख गरिएको छ ।
यो प्रक्षेपण यसै वर्ष जुलाई ११ मा विश्व जनसंख्या दिवसमा जारी गरिएको प्रतिवेदनमा खुलासा गरिएको थियो । तर अनुमानित समयसीमा केही दिन मात्र बाँकी रहेकाले आज घोषणा गरिएको हो ।
सन् २०२३ मा भारतले चीनलाई विस्थापित गर्ने प्रतिवेदनमा उल्लेख छ ।
Copyright © All right reserved to webtvkhabar.com Site By: Sobij