वेबटिभी खबर
काठमाडौं । कर्णाली प्रदेश सभामा तीन राजनीतिक दलको मात्र प्रतिनिधित्व देखिएको छ । निर्वाचन अघिधेरै दलहरू देखिए पनि यस्ता दलहरूलाई कर्णालीवासीले नपत्याएको मतपरिणमले देखाएको छ ।
यस प्रदेशसभामा कांग्रेस, माओवादी केन्द्र र एमालेको मात्रैको प्रतिनिधित्व हुनेछ । कर्णाली प्रदेशसभामा कांग्रेस र माओवादी केन्द्रले समान ९-९ सिट जितेका छन् ।
यस्तै एमालेले भने ५ सिट जितेको छ । प्रदेश सरकार गठनमा कर्णाली प्रदेशमा रोचक माहौल देखिने सम्भावना छ । बराबरी सिट जितेको कांग्रेस र माओवादीबीच सरकार नेतृत्व कसले लिने भन्नेबारे रस्साकसी हुनेछ ।
दुई दलले आ-आफ्नो नेतृत्वमा सरकार गठन गर्नुपर्ने दाबी रहँदा किचलो देखिन सक्नेछ । उनीहरूबीच यस विषयमा सत्ता सहकार्यका लागि एमाले र स्वतन्त्र सांसद् निर्णायक हुनेछन् ।
एमाले र स्वतन्त्र सांसद्लाई साथमा लिएर कांग्रेस र माओवादीमध्ये जसले बहुमत पुर्याउन सक्छ सो दलको नेतृत्वमा सरकार बन्नेछ । बराबर सिट पाएर पनि उनीहरूमध्ये एकले प्रतिपक्षमा बस्नुपर्ने हुनसक्छ ।
यद्यपी संघीय सरकारमा कांग्रेस, माओवादी एउटै गठबन्धनमा रहेकाले प्रदेश तहमा समेत सोही गठबन्धनले निरन्तरता पाउने सम्भावना पनि छ । कर्णाली प्रदेश सभाका स्वतन्त्र सांसद भने ५९ वर्षीय देवेन्द्रबहादुर शाही हुन् । उनी जुम्ला (क)बाट ९ हजार ६५४ मतसहित विजयी भएका हुन् ।
Copyright © All right reserved to webtvkhabar.com Site By: Sobij