Logo

२०८३, कार्तिक २२ गते शनिवार

२०८३, कार्तिक २२ गते शनिवार

विद्युत् सर्ट भई आगलागी हुँदा १८ लाख बढीको क्षति

विद्युत् सर्ट भई आगलागी हुँदा १८ लाख बढीको क्षति

  • 430
    SHARES
  • विद्युत् सर्ट भई आगलागी हुँदा १८ लाख बढीको क्षति

    कञ्चनपुर । शुक्लाफाँटा नगरपालिका-१ गणेशपुरका तारासिंह महराको घरमा आज आगलागी हुँदा १८ लाख बढीको क्षति भएको छ । विद्युत् सर्ट भई घरमा आगलागी भएको हो ।

    आगलागीबाट चार लाख ५० हजार नगद, सात तोला सुनका गहना, दुई वटा कम्प्युटर, प्रिन्टर, महत्वपूर्ण कागजपत्र, लुगाकपडा, फर्निचर, खटियालगायत जलेर नोक्सानी भएको पीडितका दाजु धनसिंह महराले बताए ।

    ‘बसको किस्ता तिर्नका लागि राखेको नगद चार लाख ५० हजार रकम घरमा आगलागी हुँदा जल्यो’, उनले भने, ‘गहनासहित लगाउने बिछ्याउने, ओढ्ने कपडा सबै जलेर नोक्सानी भएको छ ।’

    घरमा आगलागी भएको खबर पाएपछि स्थानीयवासीले नजिकैको खानेपानीको पाइपबाट पानी ल्याई आगो निभाएका छन् । महरा परिवारको घरमा आगलागी हुँदा निकै ठूलो क्षति भएको वडाध्यक्ष उत्तरदेव भट्टले बताए ।

    घरमा आगलागी भई कति क्षति भयो भन्नेबारे प्रहरीले मुचुल्का तयार गर्ने कार्य भइरहेको वडाध्यक्ष भट्टले जानकारी दिए । आगलागी भएको खबर पाइएपछि समयमै नियन्त्रण गरिँदा पूरै घर आगलागी हुनबाट जोगिएको उनको भनाइ रहेको छ ।

    Copyright © All right reserved to webtvkhabar.com Site By: Sobij