Logo

२०८३, कार्तिक २१ गते शुक्रवार

२०८३, कार्तिक २१ गते शुक्रवार

विश्वकप २०२२ को उपाधि अर्जेन्टिनालाई, मेस्सीको सपना पूरा  

विश्वकप २०२२ को उपाधि अर्जेन्टिनालाई, मेस्सीको सपना पूरा  

  • 462
    SHARES
  • विश्वकप २०२२ को उपाधि अर्जेन्टिनालाई, मेस्सीको सपना पूरा  

    काठमाडौं । फिफा विश्वकपको २२औं संस्करणको उपाधि दक्षिण अमेरिकी देश अर्जेन्टिनाले जितेको छ ।

    कतारको लुसेस आइकोनिक स्टेडियममा आइतबार साँझ भएको खेलमा साविक विजेता फ्रान्सलाई पेनाल्टी सुटआउमा हराउँदै अर्जेन्टिनाले विश्वकपको उपाधि जितेको हो ।

    लिओनेल मेसीको कप्तानीमा रहेको ३६ वर्षपछि अर्जेन्टिनाले कतारमा जारी २२ औं विश्वकपको उपाधि जितेको हो ।

    निर्धारित ९० मिनेटसम्म दुवै टिमले २–२ गोलको बराबरी खेलेपछि ३० मिनेटको समय थप गरिएको थियो ।

    खेलको १०८औँ मिनेटमा कप्तान लियोनल मेस्सीले गोल गर्दै अर्जेन्टिनालाई ३–२ को अग्रता दिलाएका थिए । तर खेलको ११८औँ मिनेटमा एमबाप्पेले गोल गर्दै फ्रान्सलाई ३–३ गोलको बराबरी दिलाए पुर्याए । योसँगै थप गरिएको ३० मिनेटमा पनि दुवै टिमले ३–३ गोलको बराबरी भएपछि खेल पेनाल्टीतर्फ धकेलिएको थियो ।

    पेनाल्टीमा अर्जेन्टिनाले फ्रान्सलाई हराउँदै तेस्रो पटक विश्वकप फुटबलको उपाधि जितको छ ।

    फ्रान्सले उत्कृष्ट पुनरागमन गर्दै खेलको ८०औँ र ८१औँ मिनेटमा गोल गरेसँगै निर्धारित ९० मिनेटसम्म दुवै टिमले बराबरी खेलेका थिए । दुई गोलको अग्रता बनाएको अर्जेन्टिनाले जोगाउन नसक्दा फ्रान्ससँग बराबरी खेलेको हो ।

    खेलको ८१औँ मिनेटमा अर्जेन्टिनाका खेलाडीले डिबक्सभित्र फ्रान्सका खेलाडीलाई लडाएपछि पेनाल्टी पाएको थियो । पेनाल्टीबाट केलियन एमबाप्पेले गोल गर्दै फ्रान्सलाई २–१ को स्थितिमा पुर्याए । त्यसको एक मिनेटपछि अर्थात खेलको ८१औँ मिनेटमा एमबाप्पेले दोस्रो गोल गर्दै फ्रान्सलाई २–२ को बराबरी दिलाएका थिए । 

    यसअघि अर्जेन्टिनाले पहिलो हाफसम्म २–० गोलको अग्रता बनाएको थियो । अर्जेन्टिनाका लागि कप्तान लियोनल मेस्सी र डि मारियाले गोल गरे । खेलको २३औँ मिनेटमा अर्जेन्टिनाले गोल गर्दै फ्रान्सविरुद्ध १–० गोलको अग्रता बनाएको थियो ।

    खेलको २१औँ मिनेटमा डि मारियालाई फ्रान्सका डेम्बेलेले डिबक्सभित्र लडाएपछि अर्जेन्टिनाले पेनाल्टी पाएको थियो । पेनाल्टीबाट कप्तान लियोनल मेस्सीले गोल गर्दै अर्जेन्टिनालाई १–० को अग्रता दिलाएका थिए ।

    खेलको ३६औँ मिनेटमा डि मारियाले गोल गर्दै अर्जेन्टिनालाई २–० गोलको अग्रता दिलाएका थिए ।

     

    Copyright © All right reserved to webtvkhabar.com Site By: Sobij