Logo

२०८३, कार्तिक २१ गते शुक्रवार

२०८३, कार्तिक २१ गते शुक्रवार

उत्तरी इटालीमा केबलकार दुर्घटना हुँदा १४ जनाको मृत्यु

उत्तरी इटालीमा केबलकार दुर्घटना हुँदा १४ जनाको मृत्यु

  • 683
    SHARES
  • उत्तरी इटालीमा केबलकार दुर्घटना हुँदा १४ जनाको मृत्यु

    रोम । इटालीको उत्तरी क्षेत्रमा रहेको पिडमोन्टस्थित माजीओरी तालनजिकै एउटा केबल कार खस्दा कम्तीमा १४ जनाको मृत्यु भएको उद्धार कार्यमा संलग्न अधिकारीहरूले आइतबार जनाएका छन् ।

    मृत्यु हुनेमा ५ जना इजरायली नागरिक रहेका छन् । केबलकारमा यात्रा गरिरहेका १५ जनामध्ये १४ जनाको मृत्यु भएको छ भने घटनामा गम्भीर घाइते एक बालकको उपचारका लागि टुरिनस्थित अस्पताल पठाइएको छ, उद्धार कार्यमा संलग्न अधिकारीहरूले बताए । 

    स्थानीय आपत्कालीन सेवासम्बन्धी निकायहरूका अनुसार स्ट्रेजा सहरबाट मोटारोने पर्वततर्फ यात्रु ओसारिरहेको केबल कार दुर्घटनामा परेको हो । अल्पाइन रेस्क्यू र आपत्कालीन हेलिकप्टर सेवा उद्धार कार्यमा खटिएका छन् । 

    इटालीका सञ्चारमाध्यमहरूका अनुसार दुई बालबालिकालाई घटनास्थलबाट अस्पताल पुर्याइएको छ ।

    आपतकालीन सेवासम्बन्धी निकायहरूले सामाजिक सञ्जालमा पोस्ट गरेको एउटा तस्बिरमा जंगलमा दुर्घटनाग्रस्त केबलकार देख्न सकिन्छ । 

    Copyright © All right reserved to webtvkhabar.com Site By: Sobij