Logo

२०८३, कार्तिक २२ गते शनिवार

२०८३, कार्तिक २२ गते शनिवार

३४ किलो चरेससहित एकजना नियन्त्रणमा

३४ किलो चरेससहित एकजना नियन्त्रणमा

  • 266
    SHARES
  • ३४ किलो चरेससहित एकजना नियन्त्रणमा

    धादिङ । धादिङको गल्छी गाउँपालिका-८ बाट ३४ किलो पाँच सयग्राम चरेशसहित एक जनालाई प्रहरीले नियन्त्रणमा लिएको छ ।

    आज बिहान धादिङ गजुरी गाउँपालिका-८ किरानचोकका ३२ वर्षीय वीरबहादुर तामाङलाई पृथ्वीराजमार्गको सुत्केरीढुंगा भन्ने ठाउँबाट प्रहरीले नियन्त्रणमा लिएको हो ।

    कोटेश्वरबाट आएको प्रहरी टोलीले लुकाएर राखेको ठाउँबाट चरेस फेला पारेको र तामाङलाई नियन्त्रणमा लिएको जिल्ला प्रहरी कार्यालय धादिङका प्रहरी नायब उपरीक्षक श्यामबहादुर खत्रीले जानकारी दिए ।

    गत सोमबार पनि धादिङको थाँक्रे गाउँपालिका-२ समटारबाट आठ किलो पाँच सय ग्राम चरेससहित मकवानपुरको थाहा नगरपालिका-८ की लक्ष्मी पुरीलाई प्रहरीले नियन्त्रणमा लिएको थियो ।

    माहदेवबेँशी-पालुङ भित्री सडकखण्डमा यात्रुबाहक बसमा जाँचको क्रममा नियन्त्रणमा परेका पुरीको धादिङ जिल्ला अदालतबाट १० दिन म्याद थप भई अनुसन्धान भइरहेको प्रहरी नायब उपरीक्षक खत्रीले जानकारी दिए  । 

    Copyright © All right reserved to webtvkhabar.com Site By: Sobij