वेबटिभी खबर
काठमाडौं । नेपाली कांग्रेसकी नेतृ डा.डिला संग्रौलाले स्वास्थ्यकर्मीमाथि भएको आक्रमणको निन्दा गरेकी छिन् । नेपालगन्जस्थित भेरी अस्पतालका डाक्टर र नर्समाथि बिहीबार आक्रमण भएको घटनाप्रति डा.संग्रौलाले निन्दा गरेकी हुन् ।
उनले स्वास्थ्यकर्मीमाथि आक्रमण हुनु ज्यादै निन्दनीय कार्य भएको बताउँदै दोषीलाई कारबाहीको दायरामा ल्याउन माग गरेकी छिन् ।
‘बिमारीको सेवामा अहोरात्र खट्ने सेवाका मूर्तिस्वरुप चिकित्सक वर्गमाथि आक्रमण गर्नु जस्तो नृशंस र बर्बरतापूर्ण व्यवहारलाई जति निन्दा गरे पनि पुग्दैन,’ डा.संग्रौलाले सामाजिक सञ्जालमा भनेकी छिन्, ‘यस्तो कार्य गर्ने व्यक्ति वा समुह जो सुकै भए पनि सरकारले अविलम्ब कानुनी दायरामा ल्याएर कार्बाही गरोस् । यो जंगली आक्रमणबाट आहात भएका सम्पूर्ण चिकित्सक तथा चिकित्सामा संलग्न परिचर तथा परिचारिकाप्रति शीघ्र स्वस्थ्यलाभको कामना गर्दै सभ्य मानव समुदायमा नसुहाउने यो पाशबिक कार्यको घोर भर्त्सना गर्दछु ।’
स्वास्थ्यकर्मीमाथि आक्रमण गर्नेलाई कडा कारबाही गर्न देउवाको माग
Copyright © All right reserved to webtvkhabar.com Site By: Sobij