Logo

२०८३, कार्तिक २२ गते शनिवार

२०८३, कार्तिक २२ गते शनिवार

बालविवाह रोक्न मर्चवारीमा बीमा कार्यक्रम

बालविवाह रोक्न मर्चवारीमा बीमा कार्यक्रम

  • 309
    SHARES
  • बालविवाह रोक्न मर्चवारीमा बीमा कार्यक्रम

    भैरहवा । विवाहका लागि बालिकाको उमेर २० वर्ष हुनुपर्ने कानुनी व्यवस्था भए पनि रूपन्देहीमा अझै बालविवाह हुने गरेको छ । स्थानीय सरकार आएसँगै यो क्रम घटाउन पहल गरे पनि पूर्ण रूपमा बालविवाह रोकिएको छ ।

    रुपन्देहीको मर्चवारी गाँउपालिकाले पनि बालविवाह तथा लैगिक हिंसा अन्त्य गर्न र संस्थागत सुत्केरी दरमा वृद्धि गरि बालिकाहरूको स्वास्थ्य अवस्थामा सुधार ल्याउन बालिका बीमा कार्यक्रम लागु गरेको छ ।

    विपन्न परिवारहरुको बसोबास रहेकाले शिक्षा दिनसमेत नसक्ने र छोरीलाई चाँडै विवाह गर्ने प्रचलन रहेको छ । अभिभावकलाई लोभमा पारेर छोरीप्रतिको नकरात्मक धारणा परिवर्तन गर्ने उद्देश्यले बालिका बीमा कार्यक्रम सुरु गरिएको गाउँपालिकाको दाबी छ ।

    बालिकाहरुको आर्थिक सामाजिक सुरक्षाको लागि छोरी जन्मनेवित्तिकै बीमा गराउन प्रोत्साहन गर्ने उद्देश्यले गाउँपलिका अध्यक्ष बालिका बीमा योजना कार्यक्रम लागू भई कार्यान्वयनको चरणमा छ ।

    गाउँपालिकाले यसै आर्थिक वर्षदेखि सुरु गरेको अभियानमा हालसम्म ९१ जनाले सहभागिता जनाएका छन् । ममर्चवारी गाउँपलिका अध्यक्ष गयाप्रसाद बरईले चालु आर्थिक वर्ष २०० देखि २५० जनालाई यस अभियानमा जोड्ने लक्ष्य लिएको बताए ।

    यसका लागि ५० लाख बजेट विनियोजन गरिएको अध्यक्ष बरईले बताए ।

      

     

    Copyright © All right reserved to webtvkhabar.com Site By: Sobij