Logo

२०८३, कार्तिक २२ गते शनिवार

२०८३, कार्तिक २२ गते शनिवार

जनयुद्ध दिवसमा बाबुरामले भने– पुराना घाउ कोट्याएर आरोपप्रत्यारोप गर्ने होइन, देश विकासमा लागौं 

जनयुद्ध दिवसमा बाबुरामले भने– पुराना घाउ कोट्याएर आरोपप्रत्यारोप गर्ने होइन, देश विकासमा लागौं 

  • 346
    SHARES
  • जनयुद्ध दिवसमा बाबुरामले भने– पुराना घाउ कोट्याएर आरोपप्रत्यारोप गर्ने होइन, देश विकासमा लागौं 

    काठमाडौं । नेपाल समाजवादी पार्टी (नेसपा) का अध्यक्ष डा.बाबुराम भट्टराईले जनयुद्ध दिवसको अवसरमा शुभकामना दिँदै अब पुरानो घाउ कोट्याएर आरोपप्रत्यारोप गर्नुभन्दा देश विकासमा लाग्नुपर्ने बताएका छन् ।

    पूर्वप्रधानमन्त्री तथ जनयुद्धका एक प्रमुख नेतासमेत रहेका डा.भट्टराईले सोमबार भने, ‘ऐतिहासिक जनयुद्ध दिवस (फागुन १ गते) को उपलक्ष्यमा सबैमा हार्दिक शुभकामना ! महान् शहिद, बेपत्ताजन र घाइते योद्धाहरूमा हार्दिक सम्मान । जनयुद्ध र त्यसकै जगमा भएका पूरक आन्दोलनको बलमा संघीय लोकतान्त्रिक गणतन्त्र प्राप्त भएको तथ्यलाई सबैले आत्मसात गरौं । अब पुराना घाउ कोट्याएर आरोप प्रत्यारोप गर्ने हैन द्वन्द्व का घाउमा मलहम लगाएर सुन्दर र समृद्ध नेपाल निर्माणको दिशामा अघि बढौं ।’

    उनले जनयुद्धकालीन केही तस्बिरहरू हेर्न आग्रह गर्दै सामाजिक सञ्जाल फेसबुक र ट्वीटरमा राखेका छन् ।

    Copyright © All right reserved to webtvkhabar.com Site By: Sobij