वेबटिभी खबर
काठमाडौं । पूर्वप्रधानमन्त्रीसमेत रहेका नेपाल समाजवादी पार्टी (नेसपा) का अध्यक्ष डा.बाबुराम भट्टराईले जुनसुकै बहानामा बाह्य आक्रमण क्षम्य नहुने बताएका छन् ।
रूस–युक्रेन युद्ध भएको एक वर्ष पुगेको सन्दर्भमा आफ्नो प्रतिक्रिया व्यक्त गर्दै डा.भट्टराईले सो कुरा बताएका हुन् ।
उनले ठूला शक्तिहरूको चेपुवामा परेको देशले आन्तरिक एकता कायम गर्न सकेन र ठूला शक्तिहरूसँगको सम्बन्धमा सन्तुलन मिलाउन सकेन भने देश र जनतालाई ठूलो कष्ट र क्षति हुँदो रहेछ भन्ने गतिलो उदाहरण रूस–युक्रेन युद्ध भएको ट्वीटरमा उल्लेख गरेका छन् ।
उनले भनेका छन्, ‘यूक्रेनमाथि रूसी आक्रमणको वर्षगाँठको सन्दर्भमा बुझ्नुपर्ने कुरा– ठूला शक्तिहरूको चेपुवामा परेको देशले आन्तरिक एकता कायम गर्न सकेन र ठूला शक्तिहरूसँगको सम्बन्धमा सन्तुलन मिलाउन सकेन भने देश र जनतालाई कति ठूलो कष्ट र क्षति हुँदो रहेछ ! तर जुनसुकै बहानामा बाह्य आक्रमण क्षम्य हुन्न !’
Copyright © All right reserved to webtvkhabar.com Site By: Sobij