वेबटिभी खबर
बैतडी । बैतडीमा सोमबार साँझ परेको असिनाले अन्नबाली र तरकारीमा क्षति पुर्याएको छ । बैतडीको पुर्चौडी नगरपालिका-५ कुवाकोटमा असिनापानीले तरकारीबारीमा क्षति पुर्याएको हो ।
असिनापानीले कुवाकोटमा करिब १५ सय हेक्टर क्षेत्रफलमा फलेको गहुँबाली क्षति भएको छ । यस्तै असिनाले अन्नबाली मात्रै नभई मौसमी तथा बेमौसमी तरकारी बाली र फलफूलका बोटहरूमा समेत क्षति पुर्याएको छ ।
मंगलबार पुर्चौडी नगरपालिकाका नगर प्रमुख दीपकबहादुर बमको नेत्तृत्वमा असिनाले क्षति पुर्याएको कुवाकोट क्षेत्रमा अनुगमन गरिएको थियो ।
किसानहरूको क्षतिपूर्तिका लागि प्रदेश र संघीय सरकारसमक्ष आग्रह गरिने नगर प्रमुख बमले बताए । सोमबार जिल्लाको पुर्चोडी नगरपालिकाका केही क्षेत्रमा मात्रै असिनासँगै पानी परेको थियो ।
Copyright © All right reserved to webtvkhabar.com Site By: Sobij