वेबटिभी खबर
काठमाडौं । नेपाल समाजवादी पार्टी (नेसपा) का अध्यक्ष डा.बाबुराम भट्टराईले नेपाली कांग्रेस र नेकपा एमालेले राष्ट्रपति पदका लागि आफ्नो पार्टी नेपाल समाजवादी पार्टीसँग भोट मागेको जानकारी गराएका छन् ।
कांग्रेस सभापति शेरबहादुर देउवा र एमाले अध्यक्ष केपी शर्मा ओलीले पत्र पठाएर भोट मागेको जानकारी डा.भट्टराईले सामाजिक सञ्जाल ट्वीटर मार्फत् गरेका छन् ।
तर सभापति देउवा र अध्यक्ष ओली पार्टीको नाम मिस्टेक लेखेको डा.भट्टराईले बताएका छन् । डा.भट्टराईले ट्वीटरमा लेखेका छन्, ‘राष्ट्रपति निर्वाचनमा मतदाननिम्ति नेका र एमालेका सभापति/अध्यक्षबाट प्राप्त पत्र ! हाम्रो पार्टीको निर्वाचन आयोगमा दर्ता भएको नाम नेपालीमा “नेपाल समाजवादी पार्टी” (नेसपा) र अंग्रेजीमा Socialist Party of Nepal(SPN) रहेको स्मरण रहोस् !’
पूर्वप्रधानमन्त्रीसमेत रहेका डा.भट्टराईले राष्ट्रपतिमा कुन पार्टीका उम्मेदवारलाई मत दिने भन्ने निर्णय पार्टीको केन्द्रीय कार्यसमितिले गर्ने बताए । ‘छिटै पार्टीको केकासको बैठकले आवश्यक निर्णय गर्नेछ,’ उनले भने ।
कांग्रेसले पठाएको पत्रमा नेपाल समाजवादी पार्टी र एमालेले समाजवादी पार्टी, नेपाल भन्दै पत्र लेखेको छ ।
राष्ट्रपति पदको निर्वाचन यही फागुन २५ गते बिहीबार हुँदैछ । आठ दलीय गठबन्धनबाट नेपाली कांग्रेसका नेता रामचन्द्र पौडेल र नेकपा एमालेबाट सुवासचन्द्र नेम्वाङ उम्मेदवार छन् ।
राष्ट्रपति निर्वाचनमा मतदाननिम्ति नेका र एमालेका सभापति/अध्यक्षबाट प्राप्त पत्र ! हाम्रो पार्टीको निर्वाचन आयोगमा दर्ता भएको नाम नेपालीमा “ नेपाल समाजवादी पार्टी”(नेसपा) र अंग्रेजीमाSocialist Party of Nepal(SPN)रहेको स्मरण रहोस्! छिटै पार्टीको केकासको बैठकले आवश्यक निर्णय गर्नेछ। pic.twitter.com/vWnNE1DGDL
— Baburam Bhattarai (@brb1954) March 2, 2023
Copyright © All right reserved to webtvkhabar.com Site By: Sobij