वेबटिभी खबर
काठमाडौं । नेकपाका महासचिव नेत्रविक्रम चन्द ‘विप्लव’ ले माओवादीलाई अपराधी र हत्यारा भन्नेहरूलाई ठेगान लगाइदिने चेतावनी दिएका छन् ।
शहिद तथा बेपत्ता योद्धा फाउन्डेसनले शहिद सप्ताहको अन्तिम दिनमा आइतबार आयोजित कार्यक्रममा काठमाडौंमा उनले माओवादीहरू अपराधी नभएको प्रष्ट पारे ।
उनले भने, ‘आज माओवादीले सारा बिगार्यो भन्नेहरू छन् । भाषणैपिच्छे अपराधीहरू, लुटेराहरू बजारमा त यो छ । प्रचण्डजी के गर्नुहुन्छ त्यो उहाँको कुरा । तर मैले के भनेको छु भने माओवादीलाई अपराधी र हत्यारा भन्ने मान्छेहरूलाई ठेगाना लगाइदिने तागत हामीसँग छ, हामी लगाइदिन्छौँ । यो साचो कुरा हो ।’
उनले लोकतन्त्रमा माओवादीलाई अपराधी बनाउने अधिकार नभएको बताए ।
Copyright © All right reserved to webtvkhabar.com Site By: Sobij