वेबटिभी खबर
काठमाडौं । पूर्वप्रधानमन्त्रीसमेत रहेका नेपाल समाजवादी पार्टी (नेसपा) का अध्यक्ष डा.बाबुराम भट्टराईले राष्ट्रपति रामचन्द्र पौडेललाई बधाई तथा शुभकामना दिँदै संघीय लोकतान्त्रिक गणतन्त्रको रक्षा गर्न सुझाव दिएका छन् ।
बिहीबार चौथो कार्यकालको तेस्रो राष्ट्रपतिमा निर्वाचित भएका राष्ट्रपति पौडेललाई अध्यक्ष डा.भट्टराईले भने, ‘नेपाली राजनीतिका निष्ठावान नेता तथा असल मित्र श्री रामचन्द्र पौडेल नेपालको राष्ट्रपति जस्तो गरिमामय पदमा निर्वाचित हुनुभएकोमा हार्दिक शुभकामना ।’ विगतमा विभिन्न कोणबाट आक्रमण गरिँदै आएको संघीय लोकतान्त्रिक गणतन्त्र र राष्ट्रिय अस्मिता रक्षा र सुदृढ गर्न सफलता मिलोस् । सबैको जय होस् ।!’
नेकपा एमालेका उम्मेदवार सुवास नेम्वाङलाई हराउँदै पौडेल राष्ट्रपतिमा निर्वाचित भएका हुन् ।
Copyright © All right reserved to webtvkhabar.com Site By: Sobij