Logo

२०८३, कार्तिक २१ गते शुक्रवार

२०८३, कार्तिक २१ गते शुक्रवार

पिएसजीले मेस्सीको करार नविकरण नगर्ने

पिएसजीले मेस्सीको करार नविकरण नगर्ने

  • 216
    SHARES
  • पिएसजीले मेस्सीको करार नविकरण नगर्ने

    एजेनसी । कुनै पनि जानकारी नदिई साउदी अरब गएको भन्दै पेरिस सेन्ट जर्मन (पिएसजी)ले अर्जेन्टिनी कप्तान लियोनेल मेस्सीको करार नवीकरण नगर्ने संकेत गरेको छ ।

    गत आइतबार लोरेन्टविरुद्ध ३-१ को अप्रत्यासित हार ब्योहोरे पछि क्लबलाई कुनै पनि खबर नै नगरी साउदी अरब गएको भन्दै उनलाई २ साताका लागि निलम्बनमा राखेको खबर सेलाउन नपाउँदै पिएसजीले आफ्ना स्टार खेलाडी मेस्सीको करार नविकरण नगर्ने तयारी गरेको हो ।

    साउदीका पयर्टन दूतसमेत रहेका मेस्सीलाई दुई हप्ताका लागि बेतलबी रूपमा निलम्बन गर्ने निर्णय यसअघि नै गरिसकेको अवस्थामा यो खबर बाहिरिएको हो ।

    पिएसजीमा मेस्सीको करार यो सिजनको अन्त्यमा समाप्त हुँदैछ । अन्तर्राष्ट्रिय सञ्चारमाध्यमका अनुसार दुई हप्ताको निलम्बनमा परेका मेस्सीले अब पीएसजीको खेलाडीका रूपमा तीनवटा खेल मात्र खेल्न पाउनेछन् ।

    मेस्सीलाई नविकरण गर्ने कि नगर्ने भन्नेमा पिएसजी भित्र छलफल चलिरहेको बेला यो अप्रत्याशित खबर आएको हो ।

    मेस्सीलाई पुनः अनुबन्ध गर्नका लागि बार्सिलोनाले पनि छलफल चलाईरहेको छ भने उनमाथी लागि इन्टर मियामी र साउदी क्लब अल-हिलालले पनि चासो देखाएका छन् ।

    धेरै जसोले मेस्सी साउदी क्लब अल हिलाल जान सक्ने अनुमान गरेका छन् । उनी माथी अल हिलालले करोडौं खर्च गर्न चाहेको यसअघि नै सार्वजनिक भईसकेको छ । 

    Copyright © All right reserved to webtvkhabar.com Site By: Sobij