Logo

२०८३, कार्तिक २१ गते शुक्रवार

२०८३, कार्तिक २१ गते शुक्रवार

युरोकप फुटबल आजबाट, कति टिमको सहभागिता ?

युरोकप फुटबल आजबाट, कति टिमको सहभागिता ?

  • 654
    SHARES
  • युरोकप फुटबल आजबाट, कति टिमको सहभागिता  ?

    काठमाडौं ।  युरोपियन फुटबलको सबैभन्दा ठूलो प्रतियोगिता युरोकप फुटबलको १६ औं संस्करण आजबाट सुरु हुँदैछ ।

    यसपटक युरोपका १० देशका ११ शहरमा यो प्रतियोगिता आयोजना हुँदैछ । प्रतियोगिता सुरु भएको ६० वर्ष पुगेको अवसरमा युरोपका ११ शहरमा प्रतियोगिता आयोजना गर्न लागिएको हो ।

    अघिल्लो वर्ष नैं हुनुपर्ने प्रतियोगिता कोरोना महामारीका कारण एक वर्ष पछि धकेलिएको हो । इटालीको रोममा आज हुने उद्घाटन खेलमा घरेलु टोली इटालीले टर्कीसाग खेल्दैछ । यो खेल नेपाली सयम अनुसार राति पौने १ बजे सुरु हुनेछ ।

    यस पटक युरोकप युरोपको विभिन्न देशको ११ शहरमा आयोजना हुनेछ । जुलाई ११ मा सकिने युरोकप फुटबलमा २४ टिमको सहभागिता रहेको छ । युरोकपमा २४ टोलीलाई सहभागी गराईएको यो पहिलो पटक हो । सहभागी टोलीहरुलाई ६ समुहमा विभाजन गरिएको छ ।

    प्रत्येक समुहको विजेता र उपविजेतासँगै तेस्रो हुने ६ टोलीमध्ये उत्कृष्ट चार टोली ‘राउण्ड अफ सिक्सटिन’मा प्रवेश गर्नेछन् । प्रतियोगिताको फाइनल खेल लण्डनको वेम्बले रंगशालामा हुनेछ ।

    Copyright © All right reserved to webtvkhabar.com Site By: Sobij