Logo

२०८३, कार्तिक २१ गते शुक्रवार

२०८३, कार्तिक २१ गते शुक्रवार

जि ७ ले विश्वका न्यून आय भएका मुलुकलाई १०० करोड डोज खोप दिने 

जि ७ ले विश्वका न्यून आय भएका मुलुकलाई १०० करोड डोज खोप दिने 

  • 719
    SHARES
  • जि ७ ले विश्वका न्यून आय भएका मुलुकलाई १०० करोड डोज खोप दिने 

    लन्डन । बेलायती प्रधानमन्त्री बोरिस जोनसनले जि ७ गठबन्धनका मुलुकले विश्वका न्युन आयका भएका देशलाई १०० करोड डोज कोरोना खोप उपलब्ध गराउने बताएका छन् ।

    जोनसनले भन्दा अगाडि अमेरिकी राष्ट्रपति जो बाइडनले कोरोना महामारीविरुद्ध लड्न अमेरिकाले मात्रै ५० करोड डोज फाइजर खोप वितरण गर्ने घोषणा गरेका थिए ।

    बाइडेनले यस महामारी नियन्त्रणका लागि विश्वका सबै बलिया र लोकतान्त्रिक देश अगाडि आउनुपर्ने बताउँछन् । जि ७ मा अमेरिका, बेलायतबाहेक क्यानडा, फ्रान्स, जर्मनी, इटाली र जापान छन् ।

    शुक्रबारदेखि आइतबारसम्म हुने जि ७ सम्मेलनभन्दा अगाडि यी मुलुकहरुले सन् २०२२ को अन्त्यसम्ममा सबै देशलाई कोरोना खोप दिने प्रयास गर्ने संकल्प लिन आवश्यक रहेको विचार व्यक्त गरेका छन् । बेलायतले आगामी केही साताभित्र बेलायतले तेस्रो विश्वका मुलुकहरुलाई ५० लाख डोज खोप दिने जनाएको छ ।

    फ्रान्सले पनि यस वर्षको अन्त्यसम्म तीन करोड खोप वितरण गर्ने बताएको छ । 

     

     

     

    Copyright © All right reserved to webtvkhabar.com Site By: Sobij